२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल र युएइबीच मैत्री सम्बन्धलाई थप प्रगाढ बनाइने

२०७६, २६ भाद्र बिहीबार १५:२८

भदौ २६, काठमाडौँ  । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत सइद हमदान अल नक्बीले शिष्टाचार भेट गर्नुभएको छ । 

भेटका अवसरमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप विस्तार गरी द्विपक्षीय हितलाई प्रवद्र्धन गर्ने विभिन्न विषयमा छलफल भएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो । 

सो अवसरमा रक्षामन्त्री पोखरेलले नेपाल र युएइबीच विगत ४० वर्षदेखि रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा थप प्रगाढ बनाउँदै जानुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले केही समयअघि नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको युएइको भ्रमणको स्मरण गर्दै यसबाट द्विपक्षीय सम्बन्धलाई जनस्तरसम्म विस्तार गर्न सहयोग पुगेको बताउनुभयो ।

 उहाँले राजनीतिक स्थायित्व भएको वर्तमान अवस्थामा नेपालले कृषि, जलविद्युत्, उद्योग, पर्यटन र पूर्वाधार विकासका क्षेत्रमा वैदेशिक लगानीको ढोका खोलेको हुँदा युएइका लगानीकर्तालाई नेपालमा ती क्षेत्रमा लगानी विस्तार गरी द्विपक्षीय आर्थिक सम्बन्धलाई थप मजबुत मनाउन आग्रह गर्नुभयो । उहाँले दुई देशका सैनिकबीच संयुक्त अभ्यास, तालीमजस्ता कार्यक्रमका माध्यमबाट परस्परमा सहयोग आदानप्रदान गर्न सकिने धारणा राख्नुभयो । 

राजदूत नक्बीले आफ्नो कार्यकालमा नेपाल र आफ्नो देशबीच कूटनीतिक र आर्थिक सम्बन्धलाई अझ सुदृढ गरी द्विपक्षीय सम्बन्धलाई थप फलदायी बनाउन सक्दो पहल गर्ने बताउनुभयो । उहाँले नेपाल र युएइबीच जनस्तरसम्म विस्तार भएको सम्बन्ध दुवै देशका लागि महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना