२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु

२७ भाद्र २०७६, शुक्रबार १५:३०

भदौ २७, कंचनपुर | नेपाली सेनाले पहिलो पटक कञ्चनपुरको भीमदत्त नगरपालिकामा दुईदिने सामूहिक विपद् प्रतिकार्य तालीम शुरु गरेको छ ।

भीमदत्त नगरपालिकासितको सहकार्यमा आजदेखि नेपाली सेनाको सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकको आयोजनामा नगरपालिकाका १९ वटै वडाका ३२ जना स्थानीयलाई विपद् व्यवस्थापन तालीम सञ्चालन गरेको छ ।

सहभागीलाई गुल्मले प्रयोगात्मक विधिबाट समेत प्रशिक्षण दिने सेनाले जनाएको छ । उद्घाटनका अवसरमा सिंहशार्दूल गुल्मका गुल्मपति सेनानी प्रणयजङ्ग मल्लले स्थानीयस्तरमा रहेका स्रोत साधनको प्रयोग गरी विपद् जोखिमबाट बच्न सकुन् भन्ने उद्देश्यले तालीम सञ्चालन गरिएको बताउनुभयो ।

“विपद् आइलाग्दा शुरुमा स्थानीय नै त्यहाँ पुग्छन”, गुल्मपति मल्लले भन्नुभयो, “स्थानीयले विपद्का जोखिमलाई निरुत्साहित गर्न सकुन् भनेर तालीम आयोजना गरिएको हो ।” कञ्चनपुरका नौवटै स्थानीय तहमा उक्त तालीम सञ्चालन गर्ने गुल्मको योजना रहेको उहाँले जानकारी दिनुभयो ।

यस प्रकारका तालीमले सैद्धान्तिक र व्यवहारिक ज्ञान प्राप्त भई समुदायमा आउन सक्ने जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताइएको छ । सिंहशार्दूल गुल्मले कञ्चनपुरमा स्वास्थ्य शिविर, विभिन्न सचेतनामूलक कक्षा सञ्चालन गर्नुका साथै सामाजिक कार्यमा सक्रिय हुदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य