२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

लगातारको अविरल वर्षापछि डोटीका ग्रामीण सडक अवरुद्ध

२०७६, २९ भाद्र आईतवार ०५:४२

भदौ २९, डोटी | तीन दिनदेखिको लगातारको बर्षाले डोटीका ग्रामीण सडकहरु अवरुद्ध भएका छन् | वर्षाले जिल्लाका ग्रामीण सडकहरुमा पहिरो खस्दा यातायात आवागमनमा कठिनाइ भएको शैलेश्वरी यातायात व्यवसायी समिति दीपायल डोटीले जनाएको छ |

ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने सार्वजनिक यातायातका यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिरोका कारण केआइसिंह गाउँपालिकाबाट बोगटान फुड्सिलसम्म जाने कच्ची मार्गमा समेत दुई दिनदेखि यातायात सञ्चालन हुननसकेको स्थानीयवासी सुमन भट्टले बताए । ‘केआइसिंह बोगटान फुड्सिल सडकको काफली भन्ने ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध भएको छ, पानी परिरहेकाले सडक खुलाउन सकिरहेको छैन’, उनले भने ।

त्यस्तै जिल्लाको मौवा मेल्लेक सडकखण्डका विभिन्न ठाउँहरुमा पनि वर्षाले पहिरो आउँदा यातायातका साधन चलाउन समस्या भएको शैलेश्वरी यातायात समितिका रुट इन्चार्ज प्रेमबहादुर रावलले बताए ।

त्यसैगरी, दीपायलदेखि गडसेरा जोड्ने सडकमा पनि पहिरो आउँदा उक्त सडकमा यातयातका साधन चल्न बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दीपायलले जनाएको छ । जिल्लाका अन्य बीपीनगर–गड्सेरा, सिलगढी–झिग्राना, शान्तिनगर–नारी–दाङ, मौवा–सायल, तल्कोट–धुर्कोट सडकमा समेत पहिरो र पानीले गर्दा यातायात सञ्चालनमा कठिनाइ भएको यातायात व्यवसायी बताउँछन् ।

अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेका कारण पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको डिभिजन सडक कार्यालय दीपायल कुल्पातेका डम्बर विष्टले बताए ।बुडर–जोरायल, बिपीनगर–सुवाखान, अत्तरकाडा, बागछेडालगायतका सडकको यात्रा पनि भगवान् भरोसा हुँदै आएको छ । साघुँरा सडक तथा डोजर सञ्चालकको सनकका भरमा काटिएका यहाँका ग्रामीण सडकमा यातयातका साधन चलाउन निकै समस्या हुँदै आएको महाकाली यातायत समितिका दिपायल प्रमुख धनबहादुर बोहराले बताउँछन् ।

पहिरोले अवरुद्ध भएको सडकमा पहिरो पन्छाएर सवारी साधन गुड्ने बनाउनेतर्फ आफूहरूले पहल गरिरहेको केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए ।

वर्षा लागेपछि बर्सेनि यहाँका ग्रामीण क्षेत्रका अधिकांश सडकमा सवारी साधन सञ्चालन गर्न कठिनाइ हुने भए पनि त्यसको समस्या समाधानका लागि कसैले पनि ठोस कदम नचालेको बडीकेदार गाउँपालिकाका स्थानीयवासी रोजबहादुर कलेलले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध