२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा जड्याँहाको कुटाइबाट असई घाइते, ५ कर्मचारी पक्राउ

३१ भाद्र २०७६, मंगलवार ०५:५२

भदौ ३१, बाजुरा | बाजुरामा जड्याँहाको कुटाइबाट नेपाल प्रहरीका एक असई घाइते भएका छन्। | बाजुरा सदरमुकाममा चलेको अनन्ते मेलामा सुरक्षार्थ खटिएका असई मानबहादुर चन्दमाथि आइतबार राति मादकपदार्थ सेवन गरेको समूहले कुटपिट गर्दा उनी घाइते भएको प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिएका छन्।


आक्रमण गरेर भागेकाहरूलाई राती नै पक्राउ गरिएको र उनीहरूमाथि सार्वजनिक मुद्दा चलाइएको उनले जानकारी दिए | पक्राउ पर्नेमा राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत अमृत बोहरा र केशव गिरी सरकारी वकील कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिमा कार्यरत प्राविधिक गोरख थापा र मेरी स्टोप सेन्टरमा कार्यरत अनमी धनी थापा रहेका छन्।

असई चन्दको अनुहार र शरिरमा चोट लागेको छ। अन्य प्रहरी जवानहरूको पनि शरिरमा चोट लागेको छ। घाइते  चन्दको गालाको दाहिने भागको अनुहारको हड्डी चर्केकोले जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएकाले जिल्लाबाहिर रिफर गरिएको स्थानीय बडीमालिका खबर डटकमले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य