२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

बसको ठक्करबाट कञ्चनपुरमा एक जनाको मृत्यु

१ आश्विन २०७६, बुधबार ०९:१९

असोज १, कञ्चनपुर | कञ्चनपुरमा बसको ठक्करबाट बुधबार एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरिया बजार नजिक ना ५ ख २०७३ नम्बरको बस र से ७ प ५३२६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदाँ मोटरसाइकल चालक धनगढी उप महानगरपालिका– १० का २६ वर्षीय रञ्जित रानाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइल सवार १५ वर्षीय रञ्जेश्वरी राना गम्भीर घाइते भएका छन् । कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि भारततर्फ लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए ।

बस र बसका चालक दाङ जिल्ला शान्ति नगरपालिका– ३ का ३६ वर्षीय रुपलाल खड्कालाई इप्रका झलारीले नियन्त्रणमा लिएको छ । शवको स्वास्थ्य परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा लगिएको छ । मोटरसाईकलले सडक पार गर्ने क्रममा तीव्र गतिमा रहेको बसले ठक्कर दिँदा दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा