२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै दिन २ म्यानपावरमा छापा, विभाग टोली पुग्दा रकम लिंदै गरेको भेटियो (भिडियो सहित)

२ आश्विन २०७६, बिहीबार १५:५७

मनोज पराजुली । असोज २, काठमाडौं। बैदेशिक रोजगार विभागले एकै दिन २ म्यानपावर कम्पनीमा छापा मारेको छ । साउदी जान लागेका २ युवासँग १ लाख ३५ हजारसम्म रकम लिन लागेपछि २ म्यानपावर कम्पनीमा विभागले छापा मारेको हो।

ललितपुरको कुपन्डोलस्थित भ्रिन्दित सर्भिसबाट साउदीमा क्लिनरको जान लागेका लाखध्वज लिम्बुसंग १ लाख ३५ हजार रकम माग गरिएको थियो। सोहि म्यानपावरलाई २५ हजार बुझाईसकोको बताएका उनले म्यानपावर कम्पनीले मागेजति रकम नभएको जानकारी दिएका थिए । 


साथीसंग आवश्यक रकम मागेर म्यानपावरलाई बुझाउन जाँदा पैसा लिन अस्विकार गर्दै म्यानपावरले एजेन्टसंग नै डकुमेन्ट पठाएको भन्दै उसैलाई रकम बुझाउन लगाएका थिए। विभागको अनुगमन टोली आएको शंकामा म्यानपावर कम्पनीले पैसा नलिएपछि विभाग टोली नै म्यानपावरमा पुगेको थियो । 

केहिबेर अगाडी डकुमेन्ट नभएको बताएको म्यानपावरले बिभाग टोली पुगेसंगे कामदारको पासपोर्ट उपलब्ध गराएको थियो। सो पश्च्यात विभागले लिम्बुलाई तोकिएकै लागतमा साउदी पठाउने र कुनै समस्यामा नपार्नेगरि म्यानपावर संचालक जयराम अधिकारीले लिखित कागज गरेका छन् । साथै म्यानपावरलाई आवश्यक डकुमेन्ट सहित विभाग उपस्थित हुन पत्र काटिएको छ । 


त्यसैगरी विभाग अर्को टोलीले रातोपुलमा रहेको आर के म्यानपावर ग्रुपमा पनि छापा मारेको छ । साउदी दल अल करम  रेस्टुरेन्टको लागि कामदारबाट ४० हजार लिंदा लिंदै विभागले समातेको हो । यस अगाडी ५० हजार बुझाएका प्रितम पुन मगरसँग म्यानपावर कम्पनीले १ लाख रकम माग गरेको थियो । तर उनले ९० हजार रकम मात्र भएकोले पासपोर्ट र टिकट दिन आग्रह गर्दा म्यानपावर कम्पनीले कामदारलाई फिर्ता पठाएको थियो । 


सो पश्च्यात पीडितले म्यानपावर कम्पनी विरुद्ध विभागमा उजुरी दिएपछि विभाग टोली आकस्मिक अनुगमनमा गएको थियो । विभाग टोली म्यानपावर कम्पनीमा पुग्दा कामदारसँग रकम लिंदै गर्दा फेला पारेको हो । विभागले पीडितलाई सरकारले तोकेको लागतमा नै पठाउने सहमति गरेर म्यानपावरलाई लिखित पत्र काटेको छ । तर आरके म्यानपावर कम्पनीले कामदारलाई एजेन्टलाई नै १ लाख रकम दिएको भन्न लगाएर भिडियोमा बोल्न लगाएको जानकारी प्राप्त भएको छ । 

आवश्यक डकुमेन्ट सहित दुवै म्यानपावर संचालकलाई विभागमा हाजिर हुन भनिएको छ। साथै थप अनुसन्धान गरि आवश्यक कारवाही गरिने विभागले जनाएको छ। म्यानपावर कम्पनीको धरौटी वृद्धि भएसंगे बिभाग टोलीले एकै दिन २ म्यानपावर कम्पनीमा पहिलो पटक आकष्मिक अनुगमन गरेको हो। कामदारसँग चर्को शुल्क अशुल गर्ने म्यानपावर बिरुद्ध अनुगमन तीब्र पारिएको विभाग श्रोतले जनाएको छ। कामदारले विभागमा उजुरी दिएमा तोकिएकै लागतमा कामदारलाई विदेश पठाउने व्यवस्था गरिने विभागले जनाएको छ ।

यसअघि गत मंगलबार आर के म्यानपावर ग्रुपले ओमान जाने महिला कामदारसँग प्रति कामदार १ लाख २० हजार लिएको जानकारी बिभागलाई प्राप्त भएको थियो । तर पिडितहरुले सम्बन्धित म्यानपावरलाई पैसा बुझाई सकेको र उडानको अन्तिम समय भएको कारणले कारवाही प्रकृया अगाडी बढेको थिएन । 

भिडियो हेर्नुहोस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य