२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दशैँ तिहारका लागि यी २५ ठाउँबाट नयाँ नोट साट्न पाइने

२०७६, ३ आश्विन शुक्रबार ०७:२१

असोज ३, काठमाडौं | नेपाल राष्ट्र बैंकले आउदै गरेको दशैं तिहारको लागि असोज १० गतेबाट नयाँ नोट साट्न सुरु गर्ने भएको छ | नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १० गतेदेखि  १७ गतेसम्म नयाँ नोट साट्न सकिने जानकारी दिइएको हो |

काठमाडौँ राजधानी बाहिरको परिबेशमा राष्ट्र बैंकका क्षेत्रीय कार्यालय सहित नोट कोष रहेका वाणिज्य बैंकका शाखाबाट पनि नया नोट साट्न सकिने छ | जस अनुसार बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न सकिन्छ |

नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग बालुवाटारबाट पनि नयाँ नोट साट्न सकिन्छ | प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट सटही हुनेछ | यसका अतिरिक्त थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले जानेको छ | ५, १०, २०, ५० र १ सयका नयाँ नोट वितरण हुनेछन् |

राष्ट्र बैंकको बालुवाटार कार्यालयसहित उपत्यकाका २५ ठाउँबाट नयाँ नोट सटही हुनेछ। त्यस्तै नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिम्पाट र भक्तपुर शाखाबाट सटही सुविधा हुनेछ । नयाँ नोटमा केरमेट तथा काम नलाग्ने गरी जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले आग्रह गरेको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान