2026-06-20 03:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी घोषणा, २ तिहाईको सरकार र संघ विरुद्ध उम्मेद्वारी !

मनोज पराजुली | असोज ३, काठमाडौँ | नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको तर्फबाट १७ सदस्यीय टिमको घोषणा भएको छ |  शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा एक विशेष कार्यक्रमका विच अक्सन ईन्टरनेशनल प्रा.लिका संचालक बिष्णु गैरेको नेतृत्वमा १७ सदस्यीय टोलीको घोषणा गरिएको हो ।

Image may contain: 18 people, including Narendra Babu Rana Magar, Laxman Poudel, Sujit Shrestha, Bishnu Gaire and Surendra Aryal, people smiling, people standing

हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग प्रथम उपाध्यक्ष, मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्ष, एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा उम्मेद्वारी घोषणा भएको निर्वाचन परिचालन मुल समारोह समितिका संयोजक तिलक बाहादुर रानाभाटले जानकारी दिए ।

त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठ, सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेल र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्ग रहेकी छिन् । 


संघको सदस्य पदका लागि डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल रहेका छन्  ।

असोज ७ गतेका लागि संघको २७ औं साधारणसभा र निर्वाचन हुँदैछ ।  नयाँ नेतृत्व चयनको लागी हुने निर्वाचनमा सहभागी हुन  ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् । म्यानपावर धरौटी बढाएसंगै ८ सय ५४ म्यानपावर कम्पनी कायम भएपनि १ सय १९६ कम्पनीले प्रतिनिधि पठाएका छैनन् ।


संघको निर्वाचनमा यसपटक पनि सधैझै नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम र नेकपा समर्थित प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्चको भिडन्त हुने भएको छ । मंचको तर्फबाट संघको हालका महासचिव सरोज पोखरेलको नेतृत्वमा १७ सदस्यीय टोलीकै घोषणा भैईसकेको छ ।

उम्मेद्वारी घोषणा सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवम पुर्व श्रममन्त्री रमेश लेखकले म्यानपावर व्यवसायीका जायज माग सम्बोधन गर्न पार्टीले जस्तोसुकै मुल्य चुकाउन तयार हुने बताए । विगतमा फ्री भिषा फ्री टिकटको निर्णय अध्ययन नगरी हचुवाका भरमा गरिएको भन्दै त्यसलाई सच्याउँदै व्यवसायीले राखेका मागबारे सम्बोधन गर्न पार्टीले सदनमा माग उठाउने लेखकले आश्वाशन दिएका छन् । व्यवसायीले सेवा शुल्क बापत कामदारको एक महिनाको पारिश्रमिक लिन पाउने व्यवस्था बैज्ञानिक भएकोले त्यसलाई पुरा गर्न पार्टीले सदनमा रोस्टम घेरेर भएपनि माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने उनले बताए । 


बैदेशिक रोजगारी अनिवार्य बाध्यता भएको तर रोजगारीको सृजना गर्न सरकार असफल भएकोले बैदेशिक रोजगारीको आवश्यकतासंगै व्यवसायलाई पारदर्शी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए । २ तिहाईको सरकार र  संघ विरुद्ध उम्मेदवारी भएको भन्दै लेखकले व्यवसायीका जायज मागका पक्षमा सरकारसंग लडाई लड्न पार्टी तयार रहेको बताए ।

अध्यक्षका प्रत्याशी गैरेले व्यवसायलाई मर्यादित, व्यवस्थित र नियमित गर्ने तथा पेशागत हकहितको सुरक्षाका साथै कामदारको हकहित र सुरक्षामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले श्रम सम्झौता नभएका मुलुकसँग तत्काल सम्झौताका लागि नेपाल सरकारसँग पहल गर्ने र नयाँ तथा आकर्षक गन्तव्य मुलुकको पहिचान गरी श्रम सम्झौता गरेरमात्र कामदार पठाउने व्यवस्था मिलाउने प्रतिबद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ