2026-09-04 06:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावर व्यवसायीका जायज माग सम्बोधन गर्न संघको सचिवमा उम्मेद्वारी : मेघनाथ भुर्तेल

असोज ४, काठमाडौँ | बैदेशिक रोजगारीको क्षेत्रका यावत समस्या समाधानका लागि पहल कदमी लिन नेपाल बैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा सचिवको उम्मेद्वारी दिएको मेघनाथ भुर्तेलले बताएका छन् । सरकार र व्यवसायी संघ २ तिहाइको बहुमतमा हुँदा समेत म्यानपावर व्यवसायीका जायज माग सम्बोधन नभएकोले संघ मार्फत काम गर्न सचिवमा उम्मेद्वारी दिएको उनले बताए ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनका लागि नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम प्यानलको तर्फबाट सचिव पदमा प्रत्यासी बनेका भुर्तेल निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक हुन् । शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा एक विशेष कार्यक्रममा बोल्दै उनले व्यवसायी हक हितका लागि आवाज बुलन्द गर्नका लागि एक व्याक्तिले केही गर्न सक्ने अवस्था नभएकोले फोरमको सम्पूर्ण टिमलाई जिताउन अनुरोध गरे ।

Image may contain: 1 person

अहिले सरकारका कारण व्यवसायीलाई काम गर्न असहज भएको छ भुर्तेलले भने’ व्यवसायीले चुनाव जिताउन सहयोग गरेमा आफ्नो सम्पूर्ण समय संघको २ वर्षे कार्यकाललाई दिंदै व्यवसायीका समस्या समाधान गर्न लाग्नेछु ।’ विगत १३ वर्षदेखि म्यानपावर व्यवसायमा सक्रिय भएको भन्दै उनले चुनावमा आफ्नो जीतका लागि व्यवसायीले साथ दिने बताए ।

शुक्रबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा एक विशेष कार्यक्रमका विच अक्सन ईन्टरनेशनल प्रा.लिका संचालक बिष्णु गैरेको नेतृत्वमा संघको १७ सदस्यीय टोलीको घोषणा गरिएको छ ।हिमारब ओभरसिज प्रा लिका संचालक कमल तामाङ्ग प्रथम उपाध्यक्ष, मेनपावर लिंक प्रा.लिका संचालक कमल देव मल्ल द्धितिय उपाध्यक्ष, एस.आर.के नेपाल प्रा.लिका संचालक किशोर कुमार के.सी तृतिय उपाध्यक्षमा उम्मेद्वारी घोषणा भएको निर्वाचन परिचालन मुल समारोह समितिका संयोजक तिलक बाहादुर रानाभाटले जानकारी दिए ।

Image may contain: 18 people, including Narendra Babu Rana Magar, Laxman Poudel, Sujit Shrestha, Bishnu Gaire and Surendra Aryal, people smiling, people standing

त्यस्तैगरि महासचिवमा एलाईन्स ह्यूमन रिसोर्स प्रा.लिका संचालक सुजित श्रेष्ठ, सचिवमा निलकमल ह्यूमन रिसोर्स प्रा.लिका संचालक मेघनाथ भुर्तेल र कोषाध्यक्षमा सि एस टि सिजन प्रा.लिकी संचालिका ईन्दीरा गुरुङ्ग रहेकी छिन् । 

संघको सदस्य पदका लागि डाईनामिक स्टाफिङ सोलुसन प्रालिका कर्णराज कटुवाल, अल नासिर ओभरसिज प्रालिका दिनेश कुमार राय (राहुल), डस लिंक प्रा लिका सुरेन्द्र अर्याल, ईम्पाईमेन्ट क्रियसन सर्भिस प्रा लिका हर्कबाहादुर लिम्बु, नेपाल रिकुमेन्ट कन्सल्टेन्सी प्रा लिका बिजय लामा, ग्लोबल वेलफेयर एच आर सोलुसन प्रालिका वावुलाल मगर नरेन्द्र, गुगल ओभरसिज सर्भिस प्रा लिका केशवराज न्यौपाने, प्रेष्टिज एच आर सोलुसन प्रा लिका छविलाल भटराई, जंगबाहादुर ईजमएलन ओभरसिज प्रा लिका छविलाल भटराई, त्रिवेणी ओभरसिज प्रा.लिका लक्ष्मण पौडेल रहेका छन्  ।

असोज ७ गतेका लागि संघको २७ औं साधारणसभा र निर्वाचन हुँदैछ ।  नयाँ नेतृत्व चयनको लागी हुने निर्वाचनमा सहभागी हुन  ६ सय ५८ प्रतिनिधिले नाम दर्ता गराएका छन् ।

संघको निर्वाचनका लागि फोरमद्वारा उम्मेद्वारी घोषणा, २ तिहाईको सरकार र संघ विरुद्ध उम्मेद्वारी !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव