२०८२, २३ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

व्यवसायीका माग सम्बोधन गर्न संघको सदस्यमा उम्मेद्वारी : दलबिर भण्डारी

२०७६, ५ आश्विन आईतवार ०४:३७

असोज ५, काठमाडौं । म्यानपावर व्यवसायीको साझा समस्या समाधान गर्न पहल गर्ने उदेश्यका साथ नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सदस्यमा उम्मेद्वारी दिएको दलबिर भण्डारी बताएका छन् । एड्भान्स् म्यानेजमेन्ट ग्रुप प्रा.लिका संचालक रहेका भण्डारीले व्यवसायिक हितका पक्षमा संघमार्फत काम गर्न सदस्यमा उम्मेद्वारी दिएको बताए ।

म्यानपावर कम्पनीहरुको काममा सहजीकरण गर्न व्यवस्थापन सूचना प्रणालीको विकासमा ध्यान दिनेछु उनले भने 'जवसम्म व्यवसायिक हितका लागि आवश्यक सूचना सहज हुँदैन् तवसम्म व्यवसायीले काम गर्न सक्दैन ।' 'सरोज कुमार पोखरेल सयुंक्त व्यवसायी समुह'बाट सदस्यका प्रत्यासी बनेका भण्डारी सबै व्यवसायीमाझ लोकप्रिय भएका कारण बलियो दावेदार भएको बताउँछन् ।

संघमा निर्वाचित भए सरकारसंग वार्ता गर्दै व्यवसायीका माग सम्बोधन गर्न आफ्नो भूमिका खेल्नेछु उनले भने 'सरकारसंग लडेर होइन, समझदारी गर्दै व्यवसायीका जायज माग सरकारलाई बुझाउन सक्नुपर्छ, तब मात्र माग सम्बोधन हुन्छ ।'  मैले मेरो जिम्मेवारी र दायित्व उच्च ईमानदारीको साथ पुरा गर्दै आगामी २ बर्ष व्यवसायिको हितमा कतिबद्द भएर काम गर्ने प्रतिबद्धता गर्दछु उनले भने 'आफ्नो अमुल्य मत दिएर सरोज कुमार पोखरेल सयुंक्त व्यवसायी समुहलाई विजयी गराइदिनुस ।'

Image may contain: Dalbir Bhandari, text

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको दुई वर्षे नयाँ नेतृत्वका लागि वैदेशिक रोजगार व्यवसायीहरु छुट्टाछुट्टै प्यानल खडा गरी निर्वाचन अभियानमा होमिएका छन् । असोज ७ गते राजधानीको होटल हायातमा हुने संघको २७ औं साधारणसभा तथा निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वैदेशिक रोजगार व्यवसायीहरु प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, गणतान्त्रिक वैदेशिक रोजगार मञ्च र तराई वैदेशिक रोजगार फोरमको संयुक्त प्यानल बनाई सरोज कुमार पोखरेलको नेतृत्वमा उत्रिएको छ । संघको महासचिव समेत रहेका व्यवसायी पोखरेल निविदा कन्सर्न प्रा.लि.का संचालक तथा मञ्च नेपालका संस्थापक अध्यक्ष समेत हुन् । 

‘सरोज कुमार पोखरेल सयुंक्त व्यवसायी समुह’बाट अध्यक्षमा पोखरेलसहित प्रथम उपाध्यक्षमा हरि बहादुर पाण्डे क्षेत्री (फ्युचर स्टार म्यानपावर प्रा.लि.) द्वितीय उपाध्यक्षमा मुक्तिनाथ अधिकारी (गोल्डेन गेटवे इन्टरनेसनल प्रा.लि) र तृतीय उपाध्यक्षमा अख्तर हुसेन (ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि.)का संचालक उम्मेदवार बनेका छन् । 

Image may contain: 17 people, including Som Lama, Hom Timilsina, Sarita Ghale, RC Giri, Sanju Gurung, Dalbir Bhandari and Teju Imsong Limbu, people smiling, people standing

सो प्यानलको महासचिवमा रामचन्द्र गिरी (आर.सी) (सल्मानी ओभरसिज प्रा.लि.), सचिबमा सन्जु गुरुङ (अलकरिम ह्यूमन रिसोर्स प्रा.लि), कोषाध्यक्षमा तेज माया लिम्बु (तेजु) (के.बि.इन्टरनेसनल इम्प्लोइमेन्ट प्रा.लि.) उम्मेदवार रहेका छन् । 

त्यसैगरी सदस्यका उम्मेदवारहरुमा होम प्रसाद तिमल्सिना (अल सदिल फर रिक्रुटमेन्ट प्रा.लि), दलबिर भण्डारी (एड्भान्स् म्यानेजमेन्ट ग्रुप प्रा.लि.), ओम बहादुर न्यौपाने (ओम ओभरसिज ईम्प्लोइमेन्ट प्रा.लि), सरीता घले (रिलाइन्स रिक्रुटमेन्ट सर्भिसेज प्रा.लि), सदस्य– सोम बहादुर तामाङ (साल्मा एच.आर.ओभरसिज प्रा.लि), बाबुराम खड्का (सुप्रिम ओभरसिज प्रा.लि), नुर मोहम्मद मियाँ (अल नुर ओभरसिज प्रा.लि), दोर्जे शेर्पा (सागर रिक्रुटमेन्ट प्रा.लि), केदारनाथ अधिकारी (दिपेन्द्र) (एम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.) र विरेन्द्र कुमार यादव (सन रे ग्लोबल ओभरसिज प्रा.लि) रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त