असोज ६, काठमाडौँ | बैदेशिक रोजगारीमा गएका नेपालि कामदारहरुका लागि बिमा समितिले विदेशबाट श्रमस्वीकृति लिएर काम गर्न चाहने नेपालीहरुलाई अनलाइनबाटै बिमा शुल्क तिर्नाकोलागी ब्यबस्था गर्न नेसनल लाइफ इन्स्योरेन्स कम्पनी, रिलायबल लाइफ इन्स्योरेन्स कम्पनी, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी र युनियन लाइफ इन्स्योरेन्स बिमा कम्पनीलाई निर्देशन दिईएको छ |
वैदेशिक रोजगार विभागको असार ४ गतेको पत्रअनुसार विदेशमा रहेका कामदारहरुले सम्बन्धित मुलुक हेर्ने कुटनीतिक नियोगबाट बढीमा दुइपटक श्रम स्वीकृति लिन सक्ने व्यवस्था छ | विदेशबाट श्रमस्वीकृति लिदा बिमा बापत कुझाउनु पर्ने पैसा अनलाइनबाट बुझाउने व्यवस्था गर्न निर्देशन दिएको हो |