2026-09-13 11:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको बित्थड चिरकि एक महिला दश दिन देखि बेपत्ता

धुर्व बिष्ट | असोज ७,  बझाङ | बझाङको बित्थड चिर गाँउगाउपालिकाकि दश दिन देखि बेपत्ता एक महिला अझै फेला परेकी छैनन् | जिल्लाको बित्थड चिर गाँउपालिका वडा न ३ दुधडोल्लाकी २८ वर्षिय परुली बोहरा गत भाद्र २९ गते बिहान ८ बजे मेलामा घाँस जाने भन्दै हँसिया र नाम्लो बोकेरघर बाट हिडेकी थिइन् |

बिहानै  घरबाट हिडेकी बोहरा साँझ सम्म पनि घर नआएपछि खोजीकार्य सुरु गरिएको थियो | खोजी गर्दा गर्दै दश दिन बिते पनी आजसम्म कुनै अतोपत्तो नलागे पछि परिवारमा निरास छाएको छ | परिवारका अनुसार उनी जिव्रोको अपाङ्ग भएकाले राम्रोसँग बोल्न नसक्ने ,गोरो बर्ण,पाँच फिट हाईट भएकी छन् | उनीकी दुई वर्षकी छोरी घरमा रहेकोले भेटाउने व्यक्तिले नजीको प्रहरी कार्यलयमा सम्पर्क गरी सहयोग गरीदिन अनुरोध गर्नु भएको छ ।

उनका श्रीमान रम्मो बोहराका अनुसार शरीरमा हरीयो म्याक्सि लगाएकी उनी घरबाट हिडेपछि खोजी गर्दागर्दै साता बितिसक्दा पनि कुनै आशालाग्दो कुरा नआएपछि घरमा भएकी सानी छोरीको मुख हेर्दै रुनुबाहेक कुनै बिकल्प नरहेको बताएका छन । बेपत्ता परुलीको माईती घर बुङगल नगरपालीका वडा १० को डउड हो | उनको बिहे भएको करिब ८ वर्ष पुग्न लागेको उनका भाई नरेश बोहराले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले