२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा नागरिक सहायता कक्ष स्थापना

१० आश्विन २०७६, शुक्रबार ०९:०६

असोज १०, तनहुँ | नजिकिँदै गरेको महान् पर्व दशैँ, तिहार र छठलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय तनहुँले नागरिक सहायताकक्ष स्थापना गरेको छ । चाडपर्वका क्रममा बढी भीडभाड हुने र यात्रुले दुःख पाउने हुनाले उनीहरुको समस्या सम्बोधन गर्नका लागि प्रहरी कार्यालयले जिल्लाका तीन ठाउँमा नागरिक सहायताकक्ष स्थापना गरेको हो ।

पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुलाई पर्नसक्ने समस्या समाधान गर्नका लागि दमौली, आबुखैरेनी र डुम्रेमा नागरिक तथा यात्रु सहायतकक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । “चाडपर्वमा घर फर्किने यात्रुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो, “सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायताकक्ष स्थापना गरेका हौँ ।”

प्रहरी उपरीक्षक सिलवालका अनुसार लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् । “यात्रुले सहायता कक्षमा आएर आफ्नो समस्या राखेपछि प्रहरीले तत्कालै समस्या समाधान गर्नेछ”, उहाँले भन्नुभयो । सहायता कक्षमा ट्राफिक र जनपद प्रहरी परिचालन गरिएको छ ।

दमौलीमा स्थापना गरिएको सहायता कक्षको आज उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नागरिकका समस्या समाधानका लागि नागरिक सहायता कक्षले सहयोग पु¥याउने बताउनुभयो । चाडपर्वका क्रममा बढी भीडभाड हुने भएकोले यातायात व्यवसायीले इमान्दारिता र नैतिकतापूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्नेमा प्रजिअ पण्डितले जोड दिनुभयो ।

चाडपर्वलाई लक्षित गरी जिल्लामा सवारी जाँचलाई थप कडाई पारिएको ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । निर्धारित भाडादरभन्दा बढी भाडा लिएमा तत्कालै प्रहरीलाई खबर गर्न अधिकारीले आग्रह गर्नुभयो ।

यसैबीच प्रहरीले सम्बन्धित टिकट काउन्टरबाट टिकट काट्न, पाकेटमार तथा विभिन्न बहाना बनाई ठगी गर्नेदेखि सावधान हुन, ढोकामा झुण्डिएर वा छतमा बसेर जोखिमपूर्ण यात्रा नगर्न, अपरिचित व्यक्तिले दिएको कुनै पनि चिजबस्तु प्रयोग नगर्न र चालकले लापरवाहीपूर्ण तवरले सवारी साधन चलाएको, मादकपदार्थ, लागुपदार्थ सेवन गरेको पाइएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो