२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

तनहुँमा नागरिक सहायता कक्ष स्थापना

२०७६, १० आश्विन शुक्रबार ०९:०६

असोज १०, तनहुँ | नजिकिँदै गरेको महान् पर्व दशैँ, तिहार र छठलाई मध्यनजर गरी जिल्ला प्रहरी कार्यालय तनहुँले नागरिक सहायताकक्ष स्थापना गरेको छ । चाडपर्वका क्रममा बढी भीडभाड हुने र यात्रुले दुःख पाउने हुनाले उनीहरुको समस्या सम्बोधन गर्नका लागि प्रहरी कार्यालयले जिल्लाका तीन ठाउँमा नागरिक सहायताकक्ष स्थापना गरेको हो ।

पृथ्वीराजमार्ग भएर यात्रा गर्ने यात्रुलाई पर्नसक्ने समस्या समाधान गर्नका लागि दमौली, आबुखैरेनी र डुम्रेमा नागरिक तथा यात्रु सहायतकक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिनुभयो । “चाडपर्वमा घर फर्किने यात्रुको चाप हुन्छ, जसले गर्दा यात्रु ठगिने र यात्रुले दुःख पाउन सक्छन्”, प्रहरी उपरीक्षक सिलवालले भन्नुभयो, “सर्वसाधारणको यात्रालाई सहज र आरामदायी बनाउने उद्देश्यले नागरिक सहायताकक्ष स्थापना गरेका हौँ ।”

प्रहरी उपरीक्षक सिलवालका अनुसार लामो तथा छोटो दूरीमा यात्रा गर्ने यात्रुका अलवा सबै सर्वसाधारणले सहायता कक्षबाट सहयोग पाउनेछन् । “यात्रुले सहायता कक्षमा आएर आफ्नो समस्या राखेपछि प्रहरीले तत्कालै समस्या समाधान गर्नेछ”, उहाँले भन्नुभयो । सहायता कक्षमा ट्राफिक र जनपद प्रहरी परिचालन गरिएको छ ।

दमौलीमा स्थापना गरिएको सहायता कक्षको आज उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले नागरिकका समस्या समाधानका लागि नागरिक सहायता कक्षले सहयोग पु¥याउने बताउनुभयो । चाडपर्वका क्रममा बढी भीडभाड हुने भएकोले यातायात व्यवसायीले इमान्दारिता र नैतिकतापूर्वक आफ्नो व्यवसाय सञ्चालन गर्नुपर्नेमा प्रजिअ पण्डितले जोड दिनुभयो ।

चाडपर्वलाई लक्षित गरी जिल्लामा सवारी जाँचलाई थप कडाई पारिएको ट्राफिक प्रहरी प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । निर्धारित भाडादरभन्दा बढी भाडा लिएमा तत्कालै प्रहरीलाई खबर गर्न अधिकारीले आग्रह गर्नुभयो ।

यसैबीच प्रहरीले सम्बन्धित टिकट काउन्टरबाट टिकट काट्न, पाकेटमार तथा विभिन्न बहाना बनाई ठगी गर्नेदेखि सावधान हुन, ढोकामा झुण्डिएर वा छतमा बसेर जोखिमपूर्ण यात्रा नगर्न, अपरिचित व्यक्तिले दिएको कुनै पनि चिजबस्तु प्रयोग नगर्न र चालकले लापरवाहीपूर्ण तवरले सवारी साधन चलाएको, मादकपदार्थ, लागुपदार्थ सेवन गरेको पाइएमा तत्कालै प्रहरीलाई खबर गर्न आग्रह गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा