2026-09-13 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोल्पाको सुनिलस्मृति गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

असोज ११, रोल्पा | सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आ.व. २०७५/०७६ को सार्वजनिक सुनुवाइ कार्यक्रम गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा सम्पन्न गरेको छ । गत वर्ष भए/गरेको आम्दानी खर्च, तथा अन्य अतिविधिहरुको बार्षिक प्रगति विवरणको समिक्षा, गुनासो तथा सुझावको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रमहरुमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, शिक्षक, वुद्धिजिवि, व्यापारि, उपभोक्ता समितिका पदाधिकारीहरु, निर्माण व्यवसायी र आम नागरिकहरुको उपस्थिती रहेको थियो । गाउँपालिकाको समग्र विषयहरुमा उठेका जिज्ञाशाहरुको जवाफ गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्ती, उपाध्यक्ष बागमति क्षेत्रीनी, प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने, वडा अध्यक्षहरु, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर रोल्पाका मेडिकल अधिकृत प्रकृति भट्टराई र विभिन्न शाखाका प्रमुखहरुले दिनुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा केहि वडाका वडा अध्यक्ष तथा जनप्रतिनिधिहरु सहभागी नहुदा वडा माथि उठेका प्रश्नका जिज्ञासाहरु सामाधान हुन सकेको थिएन भने सहभागीहरुबाट उठेका प्रश्नहरुको जिज्ञासालाई मेटाउदै गाउँपालिका अध्यक्ष घर्तीले भन्नुभयो, जनताहरुले हामिलाई जनताको सेवा गर्न पठाएको हुँदा हामि जनतासँग भाग्न मिल्दैन स्थानिय सरकारले गरेका हरेक क्रियाकलापहरु आम नागरिकले थाहा पाउने गरि सार्वजनिक हुनुपर्छ त्यसैले आज हामिले यो कार्यक्रम गरेको हौँ । हामिलाई जनताले जिम्मा दिइसकेपछि टाउको थाप्न सक्ने हिम्मत हामिले लिनुपर्छ र आम नागरिकहरुले स्थानिय सरकारबाट भएको गतिविधि पारदर्शिरुपबाट थाहा पाउनुपर्छ अध्यक्ष घर्तीले भन्नुभयो ।

उक्त सार्वजनिक सुनाइ कार्यक्रमको प्रत्येक्ष प्रशारण रेडियो रोल्पा, रेडियो जलजला र रेडियो मालश्रीले गरेको थियो, समन्वय स्ट्रोम फाउण्डेसन, नेपाल, साहस नेपाल, रोल्पाले गरेको थियो, सुनिलस्मृति गाउँपालिका सुलिचौर रोल्पाको आयोजनामा भएको सार्वजनिक सुनाइ कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख केशवराज पोख्रले गर्नुभएको थियो भने सहजिकरण रेडियो मालश्रीका प्रशासनिक प्रमुख गणेश के.सी.ले गर्नुभएको अध्यक्षका प्रेस संयोजक आशिष भारद्धाजले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन