२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको हुवासबाट बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा एक महिला पक्राउ

१२ आश्विन २०७६, आईतवार ०२:०५

कृषि बिकास बैंक लगायतका बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतबाट एक जना महिलालाई प्रहरीले पक्रेको छ । 

बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका वडा नं ४ वहाकीकी ३१ बर्षिया मालतीदेवी न्यौपाने भट्टराईलाई प्रहरीले पक्रेको हो । 

भट्टराईलाई अपराध अनुसन्धान बिभाग(सिआइबी)को अनुरोधमा इलाका प्रहरी कार्यालय हुवासले शुक्रबार साँझ पक्राउ गरि शनिबार काठमाण्डौ पठाएको छ । पैंयु गाउँपालिका वडा नं ४ हुवासमा माइती घरबाट न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बिजयकुमार सिंहले जानकारी दिनुभयो । भट्टराईले वहाडीठाँटीमा स्टेशनरी पसल गर्दै आउनुभएको छ । 

ह्याकरको समुहले भट्टराईको कृषि बिकास बैंक हुवास शाखामा रहेको खातामा २९ लाख रुपैंया ट्रान्सफर गरेको देखिएको छ । आफन्तले बिदेशबाट पैसा मगाउनका लागि भनेर आफ्नो बैंक खाता नम्बर मागेका कारण उपलब्ध गराएको भट्टराईले प्रहरीमा बयान दिनुभएको छ । आफन्तले मेरो खातामा पैसा आएन तपाईको खाता नम्बर दिनुस भनेर मागेपछि बैंक खाता नम्बर उपलब्ध गराएको दाबी भट्टराईको छ । खाता संगै दुइवटा खाली चेक दिएको पनि स्विकारेको प्रहरीले जनाएको छ । 

बैंक ह्याकिङ्गमा संलग्न भएको आरोपमा यसअघि छिमेकी स्याङ्गजाको वालिङ्गबाट रामकृष्ण भुसाललाई पनि प्रहरीले पक्रेको छ । अफ्रिकी मुलका काले भनिने पिटरको योजना अनुसार नेपालका बैंकहरुबाट ५ अर्ब लुट्ने योजना अनुसार कृषि बिकास बैंक, कैलाश बिकास बैंक लगायतका बैंक र पानस रेमिटबाट पैसा निकालिएको थियो । यो प्रकरणमा संलग्न १५ जना भन्दा बढीलाई अपराध अनुन्धान बिभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य