२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतको हुवासबाट बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा एक महिला पक्राउ

२०७६, १२ आश्विन आईतवार ०२:०५

कृषि बिकास बैंक लगायतका बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतबाट एक जना महिलालाई प्रहरीले पक्रेको छ । 

बैंक ह्याकिङ्ग प्रकरणमा संलग्न भएको आरोपमा पर्वतको बिहादी गाउँपालिका वडा नं ४ वहाकीकी ३१ बर्षिया मालतीदेवी न्यौपाने भट्टराईलाई प्रहरीले पक्रेको हो । 

भट्टराईलाई अपराध अनुसन्धान बिभाग(सिआइबी)को अनुरोधमा इलाका प्रहरी कार्यालय हुवासले शुक्रबार साँझ पक्राउ गरि शनिबार काठमाण्डौ पठाएको छ । पैंयु गाउँपालिका वडा नं ४ हुवासमा माइती घरबाट न्यौपानेलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बिजयकुमार सिंहले जानकारी दिनुभयो । भट्टराईले वहाडीठाँटीमा स्टेशनरी पसल गर्दै आउनुभएको छ । 

ह्याकरको समुहले भट्टराईको कृषि बिकास बैंक हुवास शाखामा रहेको खातामा २९ लाख रुपैंया ट्रान्सफर गरेको देखिएको छ । आफन्तले बिदेशबाट पैसा मगाउनका लागि भनेर आफ्नो बैंक खाता नम्बर मागेका कारण उपलब्ध गराएको भट्टराईले प्रहरीमा बयान दिनुभएको छ । आफन्तले मेरो खातामा पैसा आएन तपाईको खाता नम्बर दिनुस भनेर मागेपछि बैंक खाता नम्बर उपलब्ध गराएको दाबी भट्टराईको छ । खाता संगै दुइवटा खाली चेक दिएको पनि स्विकारेको प्रहरीले जनाएको छ । 

बैंक ह्याकिङ्गमा संलग्न भएको आरोपमा यसअघि छिमेकी स्याङ्गजाको वालिङ्गबाट रामकृष्ण भुसाललाई पनि प्रहरीले पक्रेको छ । अफ्रिकी मुलका काले भनिने पिटरको योजना अनुसार नेपालका बैंकहरुबाट ५ अर्ब लुट्ने योजना अनुसार कृषि बिकास बैंक, कैलाश बिकास बैंक लगायतका बैंक र पानस रेमिटबाट पैसा निकालिएको थियो । यो प्रकरणमा संलग्न १५ जना भन्दा बढीलाई अपराध अनुन्धान बिभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित