२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दमौलीमा कपडा बैंक स्थापना, निःशुल्क कपडा वितरण गरिदै

२०७६, १४ आश्विन मंगलवार ०५:५९

असोज १४, तनहुँ | लायन्स क्लब अफ तनहुँले दमौलीमा कपडा बैंक सञ्चालन गरेको छ । आर्थिकरूपमा विपन्न समुदायलाई लक्षित गरी क्लबले कपडा बैंक सञ्चालन गरेको हो । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्ने उद्देश्यसहित कपडा बैंक स्थापना गरिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार चाडपर्वका समयमा विपन्न समुदायका परिवारले रकम अभावले कपडा किन्न नसक्ने भएकाले कपडा बैंकबाट निःशुल्करूपमा कपडा उपलब्ध गराइनेछ । ‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूलमन्त्रसहित स्थापना गरिएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । बैंकमा प्रयोग भएका कपडा राखिए पनि उक्त कपडा पुनःप्रयोगका लागि योग्य रहेका श्रेष्ठले जानकारी दिनुभयो । 

“असहाय, गरीब तथा विपन्न व्यक्ति तथा समुदायले बैंकमा आएर छानेर कपडा लैजान सक्छन्”, श्रेष्ठले भन्नुभयो । बंैक स्थापनाका अवसरमा बन्दीपुर गाउँपालिका वडा नं १, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत २५ चेपाङलाई कपडा वितरण गरिएको क्लबले जनाएको छ । कपडा पाएपछि आर्थिकरूपमा विपन्न चेपाङ समुदाय खुशी भएका छन् । 

वडा नं ३ का कृष्णबहादुर चेपाङले बैंक आफूहरुका लागि बरदान भएको बताउनुभयो । “चाडपर्वमा नयाँ कपडा किनेर लगाउन सक्ने हैसियत छैन”, उहाँले भन्नुभयो, “बैंकबाट नयाँ जस्तै कपडा पायाँै ।” कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएका छन् । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने क्लबले जनाएको छ ।

बिनादर्ता पसल सञ्चालन

जिल्लाको व्यास नगरपालिका–१० मा बिनादर्ता पसल सञ्चालन गरेका पाइएका छन् । वडास्तरीय अनुगमन समितिले दुम्सीचौर र शेवरमा गरेको अनुगमनका क्रममा दर्ता नगरी पसल सञ्चालन गरेको भेटिएको हो ।

 दशैँ शुरु भएलगत्तै वडाध्यक्ष तुलसीराम सापकोटाको नेतृत्वमा अनुगमन टोलीले वडाभित्रका पसल अनुगमन शुरु गरेको छ । बिनादर्ता सञ्चालन भएका पसललाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पसलले मूल्यसूचीसमेत राखेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा