२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तनहुँ - TNH

दमौलीमा कपडा बैंक स्थापना, निःशुल्क कपडा वितरण गरिदै

१४ आश्विन २०७६, मंगलवार ०५:५९

असोज १४, तनहुँ | लायन्स क्लब अफ तनहुँले दमौलीमा कपडा बैंक सञ्चालन गरेको छ । आर्थिकरूपमा विपन्न समुदायलाई लक्षित गरी क्लबले कपडा बैंक सञ्चालन गरेको हो । विपन्न समुदायका लागि निःशुल्क कपडा वितरण गर्ने उद्देश्यसहित कपडा बैंक स्थापना गरिएको क्लबका अध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

श्रेष्ठका अनुसार चाडपर्वका समयमा विपन्न समुदायका परिवारले रकम अभावले कपडा किन्न नसक्ने भएकाले कपडा बैंकबाट निःशुल्करूपमा कपडा उपलब्ध गराइनेछ । ‘हुनेले दान गर्नुहोस्, नहुनेले ढुक्क साथ लैजानुहोस्’ भन्ने मूलमन्त्रसहित स्थापना गरिएको बैंकका लागि जिल्ला समन्वय समितिले ठाउँ उपलब्ध गराएको छ । बैंकमा प्रयोग भएका कपडा राखिए पनि उक्त कपडा पुनःप्रयोगका लागि योग्य रहेका श्रेष्ठले जानकारी दिनुभयो । 

“असहाय, गरीब तथा विपन्न व्यक्ति तथा समुदायले बैंकमा आएर छानेर कपडा लैजान सक्छन्”, श्रेष्ठले भन्नुभयो । बंैक स्थापनाका अवसरमा बन्दीपुर गाउँपालिका वडा नं १, २ र ३ मा बसोबास गर्ने सीमान्तकृत २५ चेपाङलाई कपडा वितरण गरिएको क्लबले जनाएको छ । कपडा पाएपछि आर्थिकरूपमा विपन्न चेपाङ समुदाय खुशी भएका छन् । 

वडा नं ३ का कृष्णबहादुर चेपाङले बैंक आफूहरुका लागि बरदान भएको बताउनुभयो । “चाडपर्वमा नयाँ कपडा किनेर लगाउन सक्ने हैसियत छैन”, उहाँले भन्नुभयो, “बैंकबाट नयाँ जस्तै कपडा पायाँै ।” कपडा बैंकमा प्रयोग गर्न मिल्ने कपडा, सिरक, डसना, तन्ना, जुत्तालगायत राखिएका छन् । उक्त कपडा बैंक सोमबार, बिहीबार र शनिबार खुला रहने क्लबले जनाएको छ ।

बिनादर्ता पसल सञ्चालन

जिल्लाको व्यास नगरपालिका–१० मा बिनादर्ता पसल सञ्चालन गरेका पाइएका छन् । वडास्तरीय अनुगमन समितिले दुम्सीचौर र शेवरमा गरेको अनुगमनका क्रममा दर्ता नगरी पसल सञ्चालन गरेको भेटिएको हो ।

 दशैँ शुरु भएलगत्तै वडाध्यक्ष तुलसीराम सापकोटाको नेतृत्वमा अनुगमन टोलीले वडाभित्रका पसल अनुगमन शुरु गरेको छ । बिनादर्ता सञ्चालन भएका पसललाई दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिइएको सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश पसलले मूल्यसूचीसमेत राखेका छैनन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो