२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया रोजगारी : ह्वाइट हर्स इन्टर्नेशनलले प्रकाशन गरेको डिमाण्डमा विभागको ध्यानाकर्षण

१४ आश्विन २०७६, मंगलवार ०८:२८

असोज १४, काठमाडौँ | मलेसियाको रोजगारी खुलेसंगे कामदार आपूर्ति प्रकृयामा चलखेल शुरु भएको श्रमिकहरुले बताएका छन् । मलेसियाको डिमाण्ड नआउँदै एजेन्टहरु सक्रिय भएर कामदारलाई अनावश्यक आर्थिक भार थप्न क्रियाशील भएका श्रमिमहरुले बताएका छन् ।

नेपाल र मलेसिया विच भएको श्रम समझदारी अनुरुप शुन्य लागत कार्यन्वयन चरण शुरु भएको छ तर यसलाई नै असफल बनाउन एजेन्ट देखि म्यानपावर कम्पनीहरु सम्म क्रियाशील भएका उनीहरुले बताएका छन्।    

दुई देशवीच भएको समझदारी अनुसार श्रमिकको करार अवधि २ वर्ष कायम गरिएको छ।  ह्वाइट हर्स इन्टर्नेशनल प्रा. लिले २०७४ चैत्र १३ गते बैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालयबाट मलेसियाको डिमाण्डको पुर्व स्वीकृति लिएको थियो । सोहि डिमाण्डको पुन: २०७६ असोज १२ गते स्वीकृति लिएर एक राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशन गरेको विज्ञापनमा करार अवधि २वर्ष नै कायम गरिएको छ। 


साथै म्यानपावर कम्पनीले प्रकाशन गरेको डिमाण्डमा टेलिफोन नलाग्ने नम्बरहरु राखिएका छन् । उपलब्ध नम्बरहरुमा सम्पर्क नभएका कारण कामदारहरुले एजेन्ट मार्फत कारोबार गर्नको लागि त्यसो गरीएको भन्दै साझा सबाल मार्फत बैदेशिक रोजगार विभागको ध्यानाकर्षण गराएका छन् । यसबारे साझा सबालले विभागको वेब साइडमा ह्वाइट हर्स म्यानपावरको नाममा राखिएका नम्बरहरुमा सम्पर्क गर्न खोज्दा कुनै पनि नम्बरमा सम्पर्क हुन सकेन। 

बैदेशिक रोजगार विभागले यस घटनाबारे ध्यानाकर्षण भएको जनाएको छ। विभागका निर्देशक भोलानाथ गुरागाईले कुनै पनि म्यानपावर कम्पनीले ३ वर्ष करार अवधि राखेर विज्ञापन प्रकाशन तथा डिमाण्डको पुन स्वीकृति लिन नपाउने बताए। मलेसियन दुतावासले पनि यसअघि डिमाण्ड ल्याएका कम्पनीले पुन: स्वीकृति लिनुपर्ने नोटिस जारि गरिसकेकोले सबै म्यानपावर कम्पनीले सोहि अनुरुप कार्य गर्नुपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य