पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ ।

नेपालीहरुको महानचाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा अन्तराष्ट्रिय पर्वत सेवा समाजले पहिरो पीडितलाई घर हस्तान्तरण गरेको हो ।  समाजले वडा न. ८"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ ।

नेपालीहरुको महानचाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा अन्तराष्ट्रिय पर्वत सेवा समाजले पहिरो पीडितलाई घर हस्तान्तरण गरेको हो ।  समाजले वडा न. ८"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पहिरो पीडितलाई दशैमा घर उपहार

२२ आश्विन २०७६, बुधबार ०५:०६

पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका घर हस्तान्तरण गरिएको छ ।

नेपालीहरुको महानचाड विजयदशमी तथा शुभ दिपावलीको अवसरमा अन्तराष्ट्रिय पर्वत सेवा समाजले पहिरो पीडितलाई घर हस्तान्तरण गरेको हो ।  समाजले वडा न. ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइरिङका भीमलाल आचार्यलाई घर हस्तानतरण गरेको हो । कुल १४ लाख १९ हजार ४ सय ३५ मा घर निर्माण भएको हो ।

समाजले उक्त घरहरु पीडित परिवारलाई हस्तान्तरण गरेको छ । दशैको मुखमा  नयाँ घर पाएपनि आफ्नो मनमा अझै पनि खुसि भने नर्फिर्कएको पीडित रुपा परियारले बताइन ।

सहयोगी दाताहरु घर बनाइदिनुभयो तर गुमेको छोराका कारण आफ्ना मन अझै पनि अमिलो भइरहेको उनले दुखेसो पोखिन । समाजले घर निर्माण गरिदिए पनि अझै पनि पहिरोको जोखिम रहेको उनले बताइन ।

समाजका अध्यक्ष पुरन गिरीले समाजमा आवद्ध विभिन्न देशमा रहेका पर्वत समाजका भादृ संगठनको सहकार्यमा पहिरो पीडितको लागि घर निर्माण गर्न सकेको बताए । उनले अझै पनि पिडितहरु जोखिमा रहेको बताउँदै स्थानीय सरकारले हेर्नुपर्ने जिकिर गरे ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकामा सरकारी जग्गा नभएका कारण जोखियुक्त ठाउँमा नै पीडितको घर बनाउनु बाध्यता परेको बताए । उनले आगामी दिनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए ।

२०७५ साल साउन २ गते बर्षापछि आएको बाढि र पहिरो जाँदा १ जनाको ज्यान गएको थियो भने १५ घरपरिवार विस्थापित भएका थिए ।

भिडियो 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता