2026-09-04 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीमा कार्यरत नेपालीलाई कम्पनी नछाड्न दूतावासको अनुरोध

असोज २८, काठमाडौं | साउदीस्थित नेपाली दूतावासले साउदीमा कार्यरत नेपालीलाई आफूखुसी कार्यरत कम्पनी नछाड्न आग्रह गरेको छ। पछिल्ला दिनमा भने अनुसारको काम र सुविधा नपाउँदा कम्पनी छाड्नेको संख्या बढेको भन्दै रियादस्थित नेपाली दूतावासले सूचना जारी गरेर सचेत गराएको हो।

साउदी पुगेको केही दिनमै कम्पनी राम्रो नरहेको, मेसको खाना मन नपरेको, भने अनुसारको सुविधा नदिएको, मेडिकल नगरेको, विरामी हुँदा कम्पनीले उपचार नगरेको, जस्ता कारण देखाउँदै कम्पनी छाड्ने क्रम बढेको दूतावासले जनाएको छ। यसरी काम छाड्दा समस्या थपिने र मालिकलाई मात्रै बलियो बनाउने भएकाले काम नछाडि वास्तविक समस्या दूतावासमा राख्न आग्रह गरेको छ। समस्या पर्दा नेपालमा म्यानपावरका प्रतिनिधिले भनेको कुरा नभई सम्झौतापत्र आधिकारिक हुने भएकाले सम्झौतापत्र राम्रोसँग हेर्न दूतावासले भनेको छ।

गत वर्षको तुलनामा चोरीका घटनामा संलग्न भएर वा आरोप लागेर जेल पर्ने र ठूलो धनराशी कम्पनीलाई बुझाउनु परेका घटना बढिरहेको दूतावासको जनाएको छ। यस्ता कार्यमा संलग्न नहुन र एटिएम वरपर लामो समय नबस्न जानकारी गराइएको छ।

लामो समयसम्म कार्यरत नेपालीलाई केही कम्पनीले स्वदेश फर्किने बेलामा सेवा सुविधा नदिने, महिनौसम्मको तलब नदिने, अकमा(परिचयपत्र) नवीकरण नगरिदिने लगायतका समस्या परे साउदीको श्रम कार्यालयमा निवेदन दिन र त्यसको जानकारी दूतावासमा गराउन भनिएको छ। यस्तो सुविधा दिलाउन समय लागे पनि सुविधा प्राप्त हुने बताएको छ। साउदीमा रहँदा त्यहाँको कानुनको पालना, धर्म संस्कृति र परम्पराको सम्मान गर्न आग्रह गर्दै आलोचना गरेर सामाजिक सञ्जालमा नराख्न भनिएको छ।

कामको बेलामा समस्या परे दूतावासले टेलिफोन गरि वास्तविक कुरा जानकारी गराउन दूतावासले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव