2026-09-04 05:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कतारद्वारा सबै देशका कामदारलाई न्यूनतम तलब तोक्ने कानुन पारित, कहिलेदेखि लागु हुन्छ ?

असोज ३०, काठमाडौँ | खाडी नेपालीहरुको बैदेशिक रोजगारीको आकर्षक गन्तव्य हो । झन्डै ४ लाख नेपाली कामदार रहेको कतारले न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरेसंगै कतारमा रहेका नेपाली सहित सबै देशका कामदारहरुलाई राहत हुने भएको छ ।

कानुनमै न्युनतम तलबको व्यवस्था लागु भएपछि अहिलेजस्तो कतार जाने अदक्ष कामदारको तलब ९ सय रियाल निर्धारण गरेपनि रोजगारदातालाई कतारले ७ सय ५० रियाल दिन मात्रै बाध्य बनाएको अवस्था हट्नेछ । यसका साथै सबै देशका कामदारले समान तलब र कतारको कानुनले तोके बमोजिम न्युनतम तलब पाउनेछन् । 

खाडी मुलुकहरुमा कामदारको न्यूनतम तलब तोक्ने कानुन बनाउने पहिलो देश कतार बनेसंगै आइएलओले कतारको प्रशंशा गरेको छ  । कतारले सबै देशका कामदारलाई समानरुपमा लागू हुने गरी न्यूनतम तलब तोक्ने कानुन बुधबार पारित गरेसंगै आँउदो जनवरीदेखि यसलाई कार्यान्वयन गर्ने तयारी गरेको छ । बुधबार बसेको कतारको मन्त्रिपरिषद बैठकले विदेशी कामदारको न्यूनतम तलब निर्धारण गर्न बनेको मस्यौदालाई पारित गरेको हो । पारित मस्यौदालाई सुरा काउन्सिलमा पेश गरेको छ । कानुन बनाउने प्रक्रियामा सुरा काउन्सिलले सल्लाह मात्रै दिने हो । यसैले पनि अब पारित कानुन लागु हुन मात्र बाँकी हो । न्यूनतम तलब निर्धारण गर्नका लागि प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले संयुक्त अध्ययन पुरा गरिसकेको छ । अन्तर्राष्ट्रिय श्रम संगठनले कतारको निर्णय स्वागतयोग्य कदम भनेको छ । 

आईएलओले भनेको छ ‘आईएलओले कतार सरकारले गरेको यी सुधारहरूको स्वागत गर्दछ र कतारको राज्यको श्रम बजारलाई रूपान्तरण गर्ने प्रतिबद्धतालाई मान्यता दिन्छ । यी चरणहरूले आप्रवासी कामदारहरूको अधिकारलाई ठूलो समर्थन गर्दछ, जबकि यस व्यवस्थाले अधिक कुशल र उत्पादक अर्थव्यवस्थामा योगदान पुर्‍याउँछन् । कतारमा चलिरहेको आईएलओ प्राविधिक सहयोग कार्यक्रमले सामाजिक न्यायलाई अगाडि बढाउन र मुलुकमा भद्र कामलाई प्रोत्साहित गर्न सरकारको प्रयासमा ठोस योगदान पुर्‍याएकोमा म खुसी छु। ” आईएलओका महानिर्देशक गाय राइडरले भने । 

एनओसी आवश्यकताको अन्त्यले कतारमा काम गर्ने श्रमिकहरूलाई प्रारम्भिक प्रोबेशनरी अवधिको बमोजिम स्वतन्त्र रोजगारदाता परिवर्तन गर्न अनुमति दिनेछ । यदि उनीहरूले यस अवधिमा रोजगारदाताहरू परिवर्तन गर्न चाहान्छन् भने, नयाँ रोजगारदाताले कामदार लिँदा लागेको लागत खर्च पहिलो मुख्य रोजगारदातालाई फिर्ता दिनुपर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव