Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आकासियो सुनसरीमा तरकारीको मूल्य

२०७६, १ कार्तिक शुक्रबार ०७:२९

कात्तिक १, सुनसरी | सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो ।

तिहार छठ भाइटीकालगायतका हिन्दूको महान् पर्व नजिकिएसँगै तरकारीको मूल्य आकासिएको स्थानीय उपभोक्ता डुमरलाल मेहताले बताउनुभयो । सुनसरी तरकारीका लागि उर्बर भूमि भएको र यहाँका तरकारी उत्पादन बाहिर पनि जाने गरेको भए पनि यहाँकै उपभोक्ता महँगो मूल्य तिरेर तरकारी खान बाध्य भएको स्थानीय उपभोक्ता चुना निरौलाले बताउनुभयो । 


यहाँ अहिले काउली, रायो साग, भाण्टा, बोडी, रामतोरियाँ, परबल, टमाटर लगायतका तरकारीको मूल्य बढेको उपभोक्ताको भनाइ छ । पहिले प्रतिकिलो रु ३० मा पाउने तरकारी अहिले प्रतिकिलो रु ८० देखि १०० मा पाउने गरेको उपभोक्ता शर्मिला देवले बताउनुभयो ।

अहिले बजारमा काउली प्रतिकिलो रु १०० देखि १३० सम्म, टमाटर रु १००, परवल प्रतिकिलो रु १०० देखि १५०, बोडी प्रतिकिलो रु १०० देखि १२० सम्ममा बिक्री भइरहेको उपभोक्ता चन्दन मेहताले बताउनुभयो । तरकारीको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेको गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश