2026-07-25 03:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दोविल्ला क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

कात्तिक ४, कास्की | पोखरा महानगरपालिका–२१ स्थित दोविल्लालाई धार्मिकस्थलको रुपमा विकास गरिने भएको छ । दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले यस क्षेत्रलाई व्यवस्थापन तथा संरक्षण गर्दै हरित उद्यानका रुपमा समेत विकास गर्ने लक्ष्यका साथ यहाँको ८० रोपनी जमीनमा तीन वर्षयता विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोप्दै आएको छ ।

समितिका अध्यक्ष भरत रायमाझीका अनुसार हालसम्म ६०० भन्दा बढी फलफूलसहितका बिरुवा रोपिसकिएको छ । समितिकै सक्रियतामा आइतबार यस क्षेत्रमा बृहत् वृक्षरोपण, फडानी, सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेनाको भगवती दल गण, फूलबारी ब्यारेकबाट सेनानी रमेशकुमार बञ्जाराको नेतृत्वमा ३१ सैनिक जवानले विशेष सहयोग गरेका थिए । 

त्यस्तै स्याङजाको टक्सार हलेदे, पोखराको विरौटा, रातोपैह्रा, महतगौडा, लामातरा, प्रगतिटोल, दोविल्ला टोल विकास संस्था, रघैचौर टोल विकास संस्था, भरतपोखरी, निर्मलपोखरी, दुवारटोल विकास संस्था, लामाखेत, बाँसपानी, चिलौनीखर्क, लामपाटा, शिवालय, फोक्सिङलगायतका स्थानबाट सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

‘संस्कार र संस्कृति बचाऔँ, सचेत र सभ्य नागरिक बनौँ’ भन्ने नारासहित समितिले दोविल्लाघाट क्षेत्रलाई पवित्र धार्मिकस्थलका रुपमा विकास योजना अघि सारेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

वर्षौँदेखि घाटका रुपमा प्रयोग हुँदै आएको दोविल्लाघाटमा व्यवस्थित शव दाहस्थल, सार्वजनिक शौचालय, मलामीको आरामका लागि प्रतिक्षालय, शिव मन्दिर, बगैचा लगायत निर्माण गरिने समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल