२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

दोविल्ला क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने

४ कार्तिक २०७६, सोमबार ०३:०२

कात्तिक ४, कास्की | पोखरा महानगरपालिका–२१ स्थित दोविल्लालाई धार्मिकस्थलको रुपमा विकास गरिने भएको छ । दोविल्लाघाट संरक्षण तथा व्यवस्थापन समितिले यस क्षेत्रलाई व्यवस्थापन तथा संरक्षण गर्दै हरित उद्यानका रुपमा समेत विकास गर्ने लक्ष्यका साथ यहाँको ८० रोपनी जमीनमा तीन वर्षयता विभिन्न प्रजातिका फलफूलसहितका बिरुवा रोप्दै आएको छ ।

समितिका अध्यक्ष भरत रायमाझीका अनुसार हालसम्म ६०० भन्दा बढी फलफूलसहितका बिरुवा रोपिसकिएको छ । समितिकै सक्रियतामा आइतबार यस क्षेत्रमा बृहत् वृक्षरोपण, फडानी, सरसफाइ तथा गोडमेल कार्यक्रम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाली सेनाको भगवती दल गण, फूलबारी ब्यारेकबाट सेनानी रमेशकुमार बञ्जाराको नेतृत्वमा ३१ सैनिक जवानले विशेष सहयोग गरेका थिए । 

त्यस्तै स्याङजाको टक्सार हलेदे, पोखराको विरौटा, रातोपैह्रा, महतगौडा, लामातरा, प्रगतिटोल, दोविल्ला टोल विकास संस्था, रघैचौर टोल विकास संस्था, भरतपोखरी, निर्मलपोखरी, दुवारटोल विकास संस्था, लामाखेत, बाँसपानी, चिलौनीखर्क, लामपाटा, शिवालय, फोक्सिङलगायतका स्थानबाट सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।

'संस्कार र संस्कृति बचाऔँ, सचेत र सभ्य नागरिक बनौँ' भन्ने नारासहित समितिले दोविल्लाघाट क्षेत्रलाई पवित्र धार्मिकस्थलका रुपमा विकास योजना अघि सारेको अध्यक्ष रायमाझीले बताउनुभयो ।

वर्षौँदेखि घाटका रुपमा प्रयोग हुँदै आएको दोविल्लाघाटमा व्यवस्थित शव दाहस्थल, सार्वजनिक शौचालय, मलामीको आरामका लागि प्रतिक्षालय, शिव मन्दिर, बगैचा लगायत निर्माण गरिने समितिले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै