2026-09-04 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सिधा कुरा जनतासँग’ कार्यक्रममा म्यानपावरको गुनाशो पोख्ने युवालाई दुबई प्रहरीले समात्यो !

अनिल अधिकारी | कात्तिक ७, काठमाडौँ | न्युज-24 टेलिभिजनमा आफ्नो गुनाशो पोख्ने एक नेपाली युवालाई दुबई प्रहरीले नियन्त्रणमा लिएर ८ घण्टापछि छाडिदिएको जानकारी प्राप्त भएको छ । 

चार महिना अघि नेपालका म्यानपावरलाई ३ लाखदेखि ३ लाख ६० हजारसम्म बुझाएर दुबईको फेडरल सेक्युरिटी सर्भिस एलएलसी कम्पनिमा पुगेका युवाहरुले आफूहरुले सम्झौता अनुसार तलब र काम नपाएको भन्दै केहि दिन अघि साझा सबाल मिडियामा गुनाशो गरेका थिए । साझा सबाल मिडियाले युवाहरुको गुनाशोको आधारमा ‘दुबईको फेडरल सेक्युरिटीमा गएका युवाहरुको बिचल्ली: सम्झौता अनुसार न तलब, न काम‘ शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

त्यसको केहि दिनपछि सोहि कम्पनीमा कार्यरत आयुष डाँगीले न्युज-24 टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा जनतासंग’ लाई भाइवर मार्फत उक्त कम्पनिमा आफूहरुले पाएको पीडाबारे गुनाशो गरेका थिए । साझा सबाल मिडियाले युवाहरुको नाम नतोकी समाचार बनाएको कारण कसले मिडियालाई सूचना दियो भन्ने जानकारी नपाएको भएपनि ‘सिधा कुरा जनतासंग’को ४४६ औं भागको कार्यक्रममा पिडित आयुष डाँगीको नेतृत्वमा नेपालको मिडियाले खबर पाएका रहेछन् भन्ने सम्बन्धित म्यानपावरहरुले थाहा पाएका थिए । 

डाँगीले टेलिभिजन कार्यक्रम मार्फत आफूहरुलाई चार महिनादेखि कम्पनीले भनेजति तलब र काम नदिएको कारण पिडित भएको गुनाशो गरेका थिए । बिभिन्न म्यानपावर मार्फत दुबई पुर्याईएको उनीहरुलाई म्यानपावरले ३ लाख ६० हजार लिएको उनीहरुले बताएका थिए । 

टेलिभिजन कार्यक्रममा गुनाशो गरेपछि नेपालबाट उक्त कम्पनीमा पठाउने म्यानपावर तथा व्यक्तिको सूचनाको आधारमा बुधबार डाँगीलाई दुबई स्थित कम्पनीले सेरा कार्ड बनाइदिने नत्र भोली ५ हजार दिराम फाइन लाग्ने भन्दै बहाना बनाएर कार्यालयमा बोलाएको बुझिएको छ । कम्पनीमा डाँगीलाई झन्डै डेढ घण्टा थर्काइएको तर केहि नलागेपछि प्रहरीले लगेको बताइएको छ । डाँगीलाई दुबई प्रहरीले दुबईको समय अनुसार बुधबार दिउसो १ बजेदेखि बेलुका ९ बजेसम्म सोधपुछ गरेको डाँगीसंगै रहेका उनका साथीहरुले साझा सबाललाई जानकारी दिएका छन् । कम्पनीले अफिसमा काम छ भन्दै लगेको साथीलाई दुबई प्रहरीले समातेको छ भन्ने सुनेपछि आफूहरु पनि डराएको एक युवाले जानकारी दिएका छन् ।

टेलिभिजनमा कम्पनीबिरुद्ध गुनाशो परेपछि म्यानपावर सम्बन्धित भुपाल सिवाकोटीले दुबईमा रहेको फेडरल सेक्युरिटी सर्भिस एलएलसीमा व्हाट्सएप मार्फत भिडियो पठाए, त्यसपछि कम्पनीले डाँगीलाई अफिस बोलाएको उनका साथीहरुले बताएका छन् । डाँगीलाई उदृत गर्दै उनका साथीहरुले बताए अनुसार डाँगीलाई दुबईमा रहेको कम्पनीका हम्जा नाम गरेका संचालकले १ घण्टा भन्दा बढी थर्काए, उनले थर्काउन नसकेपछि कम्पनीले दुबई प्रहरीमा आवद्द पाकिस्तानीलाई बोलाएर थर्काउन लगायो । त्यति हुँदा पनि कम्पनी बिरुद्ध बोल्न नछाडेपछि डाँगीलाई हतकडी लगाएर प्रहरीले लगेको थियो । अरवी प्रहरी अधिकारीहरुको सोधपुछपछि डाँगीलाई बिभिन्न सर्तहरु राखेर छाडिएको छ । दुबई प्रहरीले डाँगीलाई राखेको सर्त अनुसार दुबईको बारेमा केहिपनि भन्न नपाउने, युवाहरुलाई पिडित बनाउने कम्पनीको बारेमा भन्न पाउने, कम्पनी बिरुद्ध लेवर कोर्टमा उजुरी दिन पाउने, नेपाली दुतावासमा सम्पर्क गर्न पाउने लगायत रहेका छन् । 

दुबई स्थित फेडरल सेक्युरिटी कम्पनीका संचालकले नेपालबाट १०० जना कामदार आफ्नो कम्पनिमा आउने तयारी गरिरेहेको अवस्थामा डाँगीको कारण ति कामदार दुबई ल्याउने काम प्रभावित भएको भन्दै डाँगीलाई भनेका थिए । उनले नेपालबाट आफ्नो कम्पनीमा कामदार ल्याउने बाटो टुट्न लागेको भन्दै डाँगीसँग आक्रोश पोखेको जानकारी प्राप्त भएको छ । दुबई प्रहरीले कम्पनी बिरुद्ध उजुरी गर्न पाउने सर्त सहित छाडेपछि डाँगीलाई कम्पनीका संचालकले बिभिन्न प्रलोभन देखाएर कम्पनी बिरुद्ध नबोल्न आग्रह गरेको फेडरल सेक्युरिटीमा कार्यरत अन्य नेपाली युवाहरुले बताएका छन् ।  

घटनापछि युवाहरुलाई दुबई पठाउनमा संलग्न बिर्तामोडका भुपाल सिवाकोटीले दुबईमा सोहि कम्पनीमा रहेका बिर्तामोडका विजय चौधरीलाई फोन मार्फत ‘तिमीहरुले के गर्न आटेको भन्दै’ थर्काएको जानकारी प्राप्त भएको छ  । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल