२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको लागि शुन्य लागत कार्यान्वयन नगर्ने म्यानपावरलाई सरकारले कारवाही गर्छ : श्रममन्त्री विष्ट

८ कार्तिक २०७६, शुक्रबार ०५:३२

कात्तिक ८, काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाल र मलेसिया विच भएको श्रम समझदारी कार्यन्वयनका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । मलेसिया रोजगारीको सन्दर्भमा आएका गुनासाबारे साझा सबालसंग विशेष कुराकानी गर्दै श्रममन्त्री  विष्टले शुन्य लागत कार्यान्वयन गराउन प्रतिवद्ध रहेको बताएका हुन् ।

श्रम समझदारी कार्यान्वयन गर्न नेपाल सरकार गम्भीर छ, हामी सम्झौताको अक्षरस कार्यान्वयन गर्छौं, मन्त्री विष्टले भने 'कहीं कतै म्यानपावरले सम्झौताको विपरित काम गरेको प्रमाण भेटिएमा सरकारले कडा भन्दा कडा कारवाही गर्छ ।'

हाल म्यानपावर कम्पनी तथा एजेन्टको काम गर्दै आएका व्यक्तिहरुले डिमाण्ड अनुसार भन्दा पनि बढी संख्यामा जिएसजी मार्फत बयोमेट्रिक गर्न लगाएको प्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । साथै उनले श्रमिकका कुनै समस्या देखिएमा कारवाहीको लागि श्रम मन्त्रालयले आवश्यक कदम चाल्ने बताए ।

शुन्य लागतमा श्रमिक मलेसिया जाने सुनिश्चित भएको भन्दै उनले त्यस विपरित कोहि कसैले काम गरेमा कानूनी कठघेरामा ल्याउन सरकारले कुनै कसुर बाँकि नराख्ने उनले बताए । श्रम सम्झौता कार्यन्वयनका लागि अनुगमन गर्न जनशक्त्ति परिचालन भएको भन्दै उनले आवश्यक परे थप जनशक्त्ति परिचालन गरेर नै अगाडी बढ्ने योजना रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य