२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

तीन महीनामा एक हजार नागरिकता वितरण

८ कार्तिक २०७६, शुक्रबार १३:१२

कात्तिक ८, दार्चुला | जिल्ला प्रशासन कार्यालयले तीन महीनामा एक हजारको सङ्ख्यामा नागरिकता वितरण गरेको छ । चालू आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सो सङ्ख्यामा नागरिकता वितरण गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले तीन महीनामा ६०१ पुरुष र ३७१ महिला गरी ९७२ लाई नागरिकता वितरण गरेको छ । यस अवधिमा महिलाभन्दा पुरुषले दुई गुणा बढी नागरिकता लिएका छन् । यस्तै आठ महिलाले बैवाहिक अंगिकृत नागरिकता लिएका छन् भने तीन महिलाले नेपाली नागरिकता परित्याग गरेका छन् । चार सय १६ ले नागरिकताको प्रतिलिपि लिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिनुभयो । 

जिल्ला प्रशासन कार्यालयले यस अवधिमा दुई पुरुष र चार महिला गरी छ लाई नाबालक परिचयपत्र जारी गरेको छ । यसैगरी ५२ पुरुष र १२ महिला गरी ६४ ले जिल्लाबाट राहदानी पाएका छन् भने २१२ पुरुष र १५ महिला गरी २२७ ले केन्द्रबाट राहदानी लिएका छन् । 

जिल्ला प्रशासन कार्यालयले सूचनाको हकअनुसार तीन महीनामा प्रवाह गरेका सेवा सार्वजनिक गरेको छ । यस अवधिमा कार्यालयले १५ हातहतियार नवीकरण र तीन हातहतियार नामसारी गरेको छ । यस्तै आदिवासी जनजाति दलित प्रमाणित ८८, नामथर प्रमाणित १४४ र जन्ममिति प्रमाणित १६ को गरेको छ । बहुयात्रा अनुमतिपत्र जारी १०६, ताक्लाकोट अनुमतिपत्र २९ र ताक्लाकोट प्रवेश अनुमतिपत्र नवीकरण ३५ जनाको गरेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ