२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

बर्दघाटमा भोलिदेखि नियमित विद्युत् सुचारु हुने

१० कार्तिक २०७६, आईतवार ११:१८

कात्तिक १०, परासी । आगलागीका कारण बन्द रहेको पश्चिम नवलपरासीको बर्दघाटस्थित नेपाल विद्युत् प्राधिकरणको १३२/११ केभी सवस्टेशनबाट भोलिदेखि नियमित विद्युत् आपूर्ति सुचारु हुने भएको छ । बिहीबार राति आगलागी हुँदा सवस्टेशनमा रहेको ११ केभीको नियन्त्रण कक्षमा क्षति पुगेको थियो । 

आगलागी भएको स्थानको स्थलगत निरीक्षण गरी सवस्टेशनबाट छिटोभन्दा छिटो विद्युत् आपूर्तिको व्यवस्था मिलाउन शुक्रबार नै काठमाडौँबाट आएको नेपाल विद्युत् प्राधिकरण ग्रिड विकास विभागका निर्देशक दीर्घायु श्रेष्ठ नेतृत्वको टोलीले सहजीकरण गरिरहेको छ ।

आगलागीबाट क्षतिग्रस्त भएका उपकरण काम नलाग्ने अवस्थामा रहेकाले नयाँ उपकरण मगाएर विद्युत् पुनः सञ्चालन गर्ने प्रयत्न भइरहेको उल्लेख गर्दै निर्देशक श्रेष्ठले भन्नुभयो, “ग्राहकलाई वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ, आगलागीबाट क्षतिग्रस्त भएकाले नयाँ उपकरण ल्याइएको छ”, आज दिनभर नयाँ उपकरण जडान गरी परीक्षण गर्नेछौँ ।”

क्षतिग्रस्त भएका उपकरण हटाउन र नयाँ जडानका लागि गण्डक तथा हेटौँडादेखि पनि मर्मत टोली ल्याएर समस्या समाधानको काम गरिरहेको उहाँले बताउनुभयो । नयाँ जडान गरिएका उपकरणको आज दिनभरिको परीक्षण सफल भएमा सोमबारदेखि नै यहाँबाट नियमित विद्युत् आपूर्ति गर्ने तयारी गरिएको निर्देशक श्रेष्ठले राससलाई बताउनुभयो । 

प्राधिकरणले गण्डक, परासी सवस्टेशनबाट वैकिल्पक व्यवस्था गरी विद्युत् आपूर्ति गरेको छ । सवस्टेशनको नियन्त्रण कक्षमा रहेका विद्युत् नियन्त्रण गर्ने ‘ब्रेकर सर्ट’ हुँदा आगलागी भएको सवस्टेशनका इञ्चार्ज कृष्ण शर्माले जानकारी दिनुभयो । “रातिको समयमा आगलागी हुँदा तत्कालै नियन्त्रणमा लिन नसक्दा धेरै क्षति हुन पुग्यो, आठ वटा ब्रेकर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्, करोड बढीको क्षति पुगेको छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार नियन्त्रण कक्षमा पस्ने दुईवटा र त्यहाँबाट बाहिर निस्कने फिडरमा आगलागी हुँदा पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । यस सवस्टेशनबाट दुम्कीबास, प्रतापपुर र सुनवल फिडरसम्म विद्युत् आपूर्ति हुने गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान