कात्तिक १५, काठमाडौं । ओमानस्थित नेपाली दुतावासले अरबियन सागरमा सामुद्रिक छालको मात्रा अत्यधिक बढीरहेको भन्दै सर्तकता अपनाउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै ओमानमा बस्ने नेपाली समुदायलाई समुद्री किनाराको छेउमा नजान र विशेष सर्तकता अपनाउन आग्रह गरेको हो ।
ओमानको मौसम पूर्वानुमान विभागका अनुसार ट्रपिलक चक्रवात ‘क्यार’ का कारण उक्त परिर्वतन आइरहेको छ। केही दिनसम्म यो जारी रहने दुतावासले जनाएको छ ।