2026-09-04 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार अभिमुखीकरण संस्था खारेज गर्ने बिभागको ध्यानाकर्षणमा महासंघको यस्तो धारणा

कात्तिक १५, काठमाडौँ | बैदेशिक रोजगार बिभागले अभिमुखीकरण संस्थाहरुलाई नियमन गरेको बिषयमा नेपाल बैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले आफ्नो धारणा प्रस्तुत गरेको छ । महासंघले बैदेशिक रोजगार बिभागको पक्षमै रहेर व्यवसायीहरुलाई ध्यानाकर्षण गराएको हो ।

महासंघले एक विज्ञप्ति जारी गर्दै अभिमुखीकरण तालिमको व्यवसायिक मूल्य मान्यतामा रही व्यवसाय संचालन गर्न आग्रह गरेको छ । बिज्ञप्तिमा भनिएको छ ‘हालै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पदाधिकारीले दश वटा तालिम संस्थाको छड्के अनुगमन गरी विभिन्न कैफियत भेटिएको भन्ने रिपोर्ट तयार गरिएकोमा प्राय सबैमा सन्तोषजनक नरहेको भन्दै महासंघलाई मौखिक जानकारी तथा ध्यानाकर्षण गराएको छ । तसर्थ आम अभिमुखीकरण तालिम प्रदायक संस्थाले तोकिएको मापदण्ड र मूल्य मान्यतामा रही व्यवसाय संचालन गर्नु गराउनुहोला ।’ 

महासंघले बिज्ञप्ति मार्फत ‘आगामी दिनमा सरोकारवाला निकायहरुले गरिने अनुगमन निरीक्षणमा कुनै कसुर वा कैफियत भेटिए संस्थानै खारेजसम्मको चेतावनी आएको हुनाले महासंघको तर्फबाट समयमै सजग रहन ध्यानाकर्षण सहित अनुरोध गर्दछौं’ भनेको छ । 

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई प्रदान गरिने अभिमुखीकरण तालिम सञ्चालन र व्यवस्थापन गर्न आवश्यक भएकोले बैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टै कार्यविधि बनाई लागू गरेको छ । तर अभिमुखीकरण तालिम सञ्चालन गर्ने केहि संस्थाहरुले कार्यविधि बिपरित काम गरेको पाइएको भेटिएको भन्दै बिभागले ध्यानाकर्षण गराएको थियो । 

वैदेशिक रोजगारीको लागि अभिमुखीकरण संस्थाले एउटा कक्षामा बढीमा २५ जना प्रशिक्षार्थी राख्न पाउने, एउटा संस्थाले एकपटकमा बढीमा ३ वटा कक्षामा तालिम संचालन गर्न पाउने, अभिमुखीकरण तालिम देशगत समुह (क्लष्टर) अनुसार संचालन गर्नुपर्ने, प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भए पश्चात संयोजकबाट प्रमाणित गराई अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनु पर्ने, तालिम शुरू भइसकेपछि थप प्रशिक्षार्थीलाई वीचमा भर्ना गर्न नपाईने, तालिम अवधि पुरा नगर्ने प्रशिक्षार्थीलाई प्रमाणपत्र उपलब्ध नगराइने जस्ता नियम रहेका छन् । बिभागको अनुगमनका क्रममा अभिमुखीकरण दिने संस्थाहरुले नियामानुसार नगरेर कार्यविधि मिचेको, बिभिन्न कैफियत भेटिएको जनाएको छ । 

हेर्नुहोस् महासंघको बिज्ञप्ति

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल