२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बैदेशिक रोजगार अभिमुखीकरण संस्था खारेज गर्ने बिभागको ध्यानाकर्षणमा महासंघको यस्तो धारणा

१५ कार्तिक २०७६, शुक्रबार १६:०७

कात्तिक १५, काठमाडौँ | बैदेशिक रोजगार बिभागले अभिमुखीकरण संस्थाहरुलाई नियमन गरेको बिषयमा नेपाल बैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले आफ्नो धारणा प्रस्तुत गरेको छ । महासंघले बैदेशिक रोजगार बिभागको पक्षमै रहेर व्यवसायीहरुलाई ध्यानाकर्षण गराएको हो ।

महासंघले एक विज्ञप्ति जारी गर्दै अभिमुखीकरण तालिमको व्यवसायिक मूल्य मान्यतामा रही व्यवसाय संचालन गर्न आग्रह गरेको छ । बिज्ञप्तिमा भनिएको छ 'हालै नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका पदाधिकारीले दश वटा तालिम संस्थाको छड्के अनुगमन गरी विभिन्न कैफियत भेटिएको भन्ने रिपोर्ट तयार गरिएकोमा प्राय सबैमा सन्तोषजनक नरहेको भन्दै महासंघलाई मौखिक जानकारी तथा ध्यानाकर्षण गराएको छ । तसर्थ आम अभिमुखीकरण तालिम प्रदायक संस्थाले तोकिएको मापदण्ड र मूल्य मान्यतामा रही व्यवसाय संचालन गर्नु गराउनुहोला ।' 

महासंघले बिज्ञप्ति मार्फत 'आगामी दिनमा सरोकारवाला निकायहरुले गरिने अनुगमन निरीक्षणमा कुनै कसुर वा कैफियत भेटिए संस्थानै खारेजसम्मको चेतावनी आएको हुनाले महासंघको तर्फबाट समयमै सजग रहन ध्यानाकर्षण सहित अनुरोध गर्दछौं' भनेको छ । 

वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई प्रदान गरिने अभिमुखीकरण तालिम सञ्चालन र व्यवस्थापन गर्न आवश्यक भएकोले बैदेशिक रोजगार नियमावली, २०६४ को नियम ५२ क को उपनियम (२) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छुट्टै कार्यविधि बनाई लागू गरेको छ । तर अभिमुखीकरण तालिम सञ्चालन गर्ने केहि संस्थाहरुले कार्यविधि बिपरित काम गरेको पाइएको भेटिएको भन्दै बिभागले ध्यानाकर्षण गराएको थियो । 

वैदेशिक रोजगारीको लागि अभिमुखीकरण संस्थाले एउटा कक्षामा बढीमा २५ जना प्रशिक्षार्थी राख्न पाउने, एउटा संस्थाले एकपटकमा बढीमा ३ वटा कक्षामा तालिम संचालन गर्न पाउने, अभिमुखीकरण तालिम देशगत समुह (क्लष्टर) अनुसार संचालन गर्नुपर्ने, प्रशिक्षार्थीहरूको तालिम कक्षामा उपस्थिति र प्रस्थान समयको बिद्युतीय हाजिरीको दैनिक अभिलेख राखी तालिम अवधि समाप्त भए पश्चात संयोजकबाट प्रमाणित गराई अनलाइन माध्यमबाट सचिवालय र विभागमा पठाउनु पर्ने, तालिम शुरू भइसकेपछि थप प्रशिक्षार्थीलाई वीचमा भर्ना गर्न नपाईने, तालिम अवधि पुरा नगर्ने प्रशिक्षार्थीलाई प्रमाणपत्र उपलब्ध नगराइने जस्ता नियम रहेका छन् । बिभागको अनुगमनका क्रममा अभिमुखीकरण दिने संस्थाहरुले नियामानुसार नगरेर कार्यविधि मिचेको, बिभिन्न कैफियत भेटिएको जनाएको छ । 

हेर्नुहोस् महासंघको बिज्ञप्ति


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य