२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाको लागि स्वास्थ्य परीक्षणका नाममा श्रमिकबाट लिएको रकम फिर्ता गर्न विभागको निर्देशन

१९ कार्तिक २०७६, मंगलवार ०७:३०

कार्त्तिक १९, काठमाडौं । वैदेशिक रोजगार विभागले मलेसिया रोजगारी जाने कामदारसँग प्रक्रिया नै शुरु नभइ इमिग्रेसन सेक्युरिटी क्लियरेन्स र वायोमेट्रिक स्वास्थ्य परीक्षणका लागि रकम लिएको भए फिर्ता गर्न म्यानपावर कम्पनीलाई निर्देश गरेको छ ।

मलेसियामा रोजगारीका लागि कामदार पठाउने सम्बन्धमा वैदेशिक रोजगार विभाग ताहाचलबाट सोमबार साँझसम्म १८ सय कामदारको मात्र पूर्व श्रम स्वीकृति निस्केको तर करिब एक लाख भन्दाबढी कामदारको मेडिकल र जिएसजी भई कामदारसँग ठुलो रकम उठाएको भन्दै म्यानपावर कम्पनीलाई रकम लिएको भए फिर्ता गर्न विभागले भनेको छ ।

रोजगारीका लागि मलेसिया जाने कामदारको वायोमेडिकल स्वास्थ्य परीक्षण गर्दा ४ हजार ५ सय र जीएसजी गर्दा ३ हजार २ सय गरी ७ हजार ७ सय खर्च लाग्ने छ । जुन रकम कामदारले मलेसिया पुगेपछि रोजगारदाताले दिनेछन् । रोजगारीको ग्यारेन्टी नभई अग्रिम आफुखुसी तथा म्यानपावर मार्फत मिलेर वायोमेडिकल स्वास्थ्य परीक्षण र जीएसजी गर्नेहरुको संख्या बढेपछी विभागले सचेत गराएको हो । 

विभागले रोजगारीका लागि मलेसिया जाने कामदारको पूर्व स्वीकृति बमोजिम छनोट भई प्रक्रिया पूरा नहुँदै कुनै पनि व्यक्तिले मेडिकल र जिएसजीका नाममा रकम उठाउन नपाउने भएकाले ती दुबै प्रक्रियामा सहभागी नहुन समेत रोजगार आकांक्षी कामदारहरुलाई आग्रह गरेको छ ।

पूर्व स्वीकृति लिई कामदार छनोट भइसकेपछि मेडिकल र जीएसजी गर्न पठाउँदा पत्र र लट नम्बरसहित पठाउन पनि अनुरोध गरेको छ ।

विभागले जारी गरेको सूचना




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य