कार्तिक १९, काठमाडौँ | सन् २०२१ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि फारम भर्न पासपोर्ट चाहिने भए पछि फास्ट ट्रयाकबाट पासपोर्ट बनाउनेको संख्या बढेको छ | गत असोज १५ गते देखि सुरु भएको डाइभर्सिटी भिसाको आवेदन फारम भर्ने समय आज सकिदै छ |
डिभी खुलेको एक महिनामा २१ हजारभन्दा धेरैले फास्ट ट्रयाकबाट पासपोर्ट निकालेका छन् | डिभी खुलेको दिनदेखि गत बिहिबारसम्म आएका ३८ हजार २ सय ७२ आवेदन मध्ये २१ हजार ३ सय ४० ले फास्ट ट्र्याकमा पासपोर्ट निकालेका राहदानी विभागका सूचना अधिकारी तिर्थराज अर्यालले जानकारी दिए | सामान्यत: दैनिक ६ सयको हाराहारीमा आवेदन आउने भए पनि दशैंपछि आवेदन दिनेको संख्या आकासिएको उनले बताए |
यसपालि डिभी भर्दा पासपोर्ट नम्बर र पासपोर्टको एक्सपायर डेट अनिवार्य लेख्नु पर्ने हुँदा फास्ट ट्र्याकाम पासपोर्ट बनाउने बढेको संख्या बढेको हो |