रश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु दिए देखि तिमीले पीडा म गजलमा भेटिन्छु ! ल्याउनु सम्बन्ध विच्छेदको सबुत गरि दस्तखत सायद, तिम्रो सपनाको धरात"/>
रश्मि, कुहिरो, बर्षात अनि बादलमा भेटिन्छु
दिए देखि तिमीले पीडा म गजलमा भेटिन्छु !
ल्याउनु सम्बन्ध विच्छेदको सबुत गरि दस्तखत
सायद, तिम्रो सपनाको धरातलमा भेटिन्छु !
न बर्ग , न घन , न आयतनमा खोज्नु मलाई
मात्रै प्यारको परिधि अनि क्षेत्रफलमा भेटिन्छु !
देखे देखि त्यो डालिमा ढुकुर जोडी यो मनले
सधै एकान्त अनि घनघोर जङ्गलमा भेटिन्छु !
प्रविधिको विकास नभएपछि मेरो गाउँ बस्तिमा
म त ओ! महोदय , बिहानै ओखलमा भेटिन्छु !!
नरेन्द्र बिष्ट , वौलाहट मन , बझाङ