2026-09-14 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उपनिर्वाचन २०७६ः बागलुङमा १० जनाको मनोनयन दर्ता

कात्तिक २१, बागलुङ । बागलुङ–२ (ख) मा हुने प्रदेशसभा सदस्य उपचुनावका लागि दश जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार दलबाट आठ र स्वतन्त्र रुपमा दुई जनाको उम्मेदवारी परेको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारका रुपमा राजमोका खिमविक्रम शाही, नेपाली काङ्ग्रेसबाट जीतबहादुर शेरचन, समाजवादी पार्टीबाट अशोककुमार विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बाट निमबहादुर भण्डारीले उम्मेदवारी दिनुभएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट गणेशबहादुर कुँवर, राष्ट्रिय जनमुक्ति पार्टीबाट यामबहादुर आले, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चबाट अनिलकुमार राई, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मित्रबहादुर मगर तथा स्वतन्त्र उम्मेदवारका रुपमा शेरमान घर्ती र सन्तोष भण्डारीले मनोनयन दर्ता गराउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

पहिलो मनोनयन दर्ता राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले गरेको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले बताउनुभयो । निर्वाचन तालिकाअनुसार आज बिहान १० बजेदेखि अपराह्न १ बजेसम्मलाई मनोनयन दर्ताको समय तोकिएको थियो ।

शर्माका अनुसार उम्मेदवार नामावलीको सूची पनि प्रकाशन भइसकेको छ । भोलि उम्मेदवारको विरोधमा उजुरी, २३ गते उजुरीमाथि जाँचबुझ र नामावली प्रकाशन, २४ गते उम्मेदवारको नामावली फिर्ता र अन्तिम नामावली प्रकाशन, २५ गते निर्वाचन चिन्ह प्रदान र मङ्सिर १४ गते मतदानको कार्यक्रम छ ।

बागलुङमा प्रदेशसभासँगै बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ । वडाध्यक्षको उपचुनावको लागि यही कात्तिक २७ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । गाउँपालिकाको केन्द्रमा बुधबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ ।

बागलुङ–२ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य टेकबहादुर घर्तीको निधन भएपछि रिक्त पदमा उपचुनाव हुन लागेको हो । यस्तै बडिगाड गाउँपालिका–२ बाट निर्वाचित वडाध्यक्ष विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख बनेपछि उक्त वडामा उपचुनाव हुने भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले