2026-09-14 04:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

महेशपुर नाकाबाट ५१ को उद्धार

कात्तिक २२, परासी । पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ ।

जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न तथा नेटवर्किङ व्यवसायमा संलग्न हुन जाने बहानामा आवातजावत गर्ने क्रम बढ्दा बेचबिखनको जोखिम वृद्धि हुँदै गएको पाइएको छ ।

 माइती नेपाल आवधिक गृह महेशपुरका अनुसार घरेलु हिंसा, आर्थिक प्रलोभन, गरीबी तथा बेरोजगारी, लैङ्गिक विभेद, नाफामूलक व्यवसाय, सस्तो श्रम तथा यौनकार्यका लागि प्रयोग, आफू बेचबिखनमा परिसकेपछि साथी पनि लैजाने, साथीको सङ्गतजस्ता कारणले महिला तथा किशोरी बेचबिखनमा पर्ने गरेका पाइएको छ ।

सन् २०१९ को जनवरीदेखि हालसम्म माइती नेपालले स्थानीय र प्रहरीको सहयोगमा समेत उद्धार गरेका ५१ मध्ये ५० लाई घरपरिवारसँग पुनःमिलन गराएको छ । बेचबिखनमा पर्न लागेको आशङ्कामा ४१ लाई सीमानाकाबाटै घर पठाइएको छ भने उद्धार गरिएकामध्ये दुईमात्र बेचबिखन मुद्दा दर्ता गर्न सफल भएका आवधिक गृहकी प्रमुख कौशिल्या विश्वकर्माले बताउनुभयो ।

बीस वटा खोजतलासका निवेदन दर्ता भएकामा छ जना मात्र फेला पार्न सफल भएको माइती नेपालले जनाएको छ । उद्धार गरिएकामध्ये नवलपरासीकै भूमहीकी एक १८ वर्षीय महिलाले श्रीमान्को हिंसा सहन नसक्ने भन्दै पुनःमिलन हुन नचाहेपछि माइती नेपालको सहयोगमा सीपमूलक तालीम प्रदान गरिएको छ ।

महेशपुर नाकाबाट विशेषगरी खोटाङ, रोल्पा, सिन्धुली, रामेछाप, सोलुखुम्बु, कास्की, गुल्मी, मोरङ, धादिङलगायत जिल्लाका महिला तथा किशोरी विभिन्न बहानामा सीमापार गर्ने गरेका छन् । खुला सिमाना र निर्वाध प्रवेशको छुट पाउनु, बिचौलियाले विभिन्न वैकल्पिक बाटो प्रयोग गर्ने, सीमा वारपार गराउन स्थानीय व्यक्तिको प्रयोग गराउनु, पहुँचवाला तथा उच्चपदस्थ व्यक्तिबाटै बिचौलियालाई संरक्षण गरिनुजस्ता कारणले नियन्त्रणमा समस्या भएको उहाँको भनाइ छ ।

माइती नेपालले बेचबिखन तथा घरेलु हिंसामा परेका महिला तथा किशोरीलाई निःशुल्क कानूनी परामर्श प्रदान गर्ने, असुरक्षित बसाइँसराइलाई न्यूनीकरण गर्न विद्यार्थी लक्षित सचेतना कार्यक्रम, प्रहरी तथा सरोकारवालासँग समन्वय तथा नेपाल–भारत संयुक्त सीमा अनुगमनलगायतका काम गरिँदै आएको माइती नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले