२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसियाद्वारा बंगलादेशबाट कामदार लिन सहमति, नेपालीका लागि रोजगारी गुम्ने संकेत !

२०७६, २२ कार्तिक शुक्रबार १२:०३

मनोज पराजुली, कात्तिक २२, काठमाडौं । मलेसियाले बंगलादेशबाट पनि पुन: कामदार आपूर्ति गर्ने संकेत दिएको छ । मलेसिया र बंगलादेश विच कामदार आपूर्तिका विषयलाई छलफलबाट सहमति गर्ने निर्णय भएको हो । 


आज मलेसियमा बसेको दुई देश विचका उच्च अधिकारीहरुको बैठकले कामदार भर्ना, छनौट, लागत खर्चमा विषयमा सहमति नजिक पुगेको हो । बंगलादेशले कामदारको स्वास्थ्य परिक्षण र कामदारको लागत खर्च बारे चासो राखेको र त्यसलाई मलेसिया सरकारले छिट्टै टुंग्याउने सहमति भएको जनाइएको छ । 

दुई देश विचको संयुक्त कार्यदलको बैठक यहि नोभेम्बर २४ र २५ मा बंगलादेशमा बस्ने सहमति गरेको छ। आगामी बैठकले बाँकि रहेका प्रक्रिया टुंगो लगाउने र नोभेम्बर अन्तिममा समझदारीपत्रमा हस्तक्षर हुने दुई देश विच भएको समझदारीमा उल्लेख छ ।


गत वर्ष कार्त्तिक १२ मा नेपाल र मलेसिया विच श्रम समझदारी भएको थियो तर नेपाली कामदारको लागि कोटा नतोकिएको भन्दै व्यवसायीले नि:शुल्क रोजगारीको अवसर गुम्ने अवस्था आएको बताउंदै आएका छन् । मलेसियाले बंगलादेशबाट कामदार लिन थालेमा सेक्युरिटी गार्ड बाहेक अन्य कोटा नेपाल नआउने व्यवसायीले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै