2026-09-13 10:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

घाँस काट्ने क्रममा भिरबाट लडेर बुङ्गलमा एक महिलाको मृत्यु

धुर्व बिष्ट | कार्तिक २४, बझाङ | शनिबार बेलुकी घाँस काट्ने क्रममा भिरबाट लडेर बझाङको बुङ्गलमा एक महिलाको मृत्यु भएको छ | बुङ्गल नगरपालिका वडा न ५ सट्टाय स्थायी घर भएकी ३४ बर्षिय अन्जना धामीको बिरेखोला अन्तर्गत किलाहाल्लेको भीरबाट लडेर  मृत्यु भएको सरस्वती मा.वि बिजगडाका शिक्षक जनक कुँवरले जानकारी दिए |

शनिबार बिहान एकलै घाँस काट्न हिडेकी अन्जना साँझसम्म घर नआएपछि हिजोनै खोजीकार्य भएको थियो | खोजी गर्दा फेला नपरेपछि साँझ सबै आफन्त निरास हुदै घर फर्किएको उनका श्रीमान अक्कल धामीले बताए | उनका अनुसार अन्जना हिजोनै लडेकि थिईन | उनलाई आज बिहान फेला पारेको हो | ३४ बर्षिय अन्जना बुङ्गल नगरपालिका ५ सट्टायमा अवस्थित बुङ्गल आयुर्वेदिक औषधालयमा सहयोगीको रुपमा काम गर्दै आएकी थिइन् |

उनका दुई छोरा रहेका छन | अहिले घटना स्थलबाट उनको शव ल्याउने तयारी भइरहेको रेडियो सेरोफेरोका पत्रकार सुरेश कुँवरले बताए | विगत केहि समय देखि हालसम्म बिरेखोला,किलाहाल्ले भिरबाट लडेर १४ जना स्थानीयको ज्यान गइसकेको बुङ्गल नगरपालिका ५ नम्बर वडा अध्यक्ष परयागराज धामीले बताए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन