२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीद्वारा जापानमा कामदर लैजाने प्रकृयालाई थप गुणस्तरीय र विश्वसनीय बनाउन आग्रह

२०७६, २५ कार्तिक सोमबार १२:१५

कार्त्तिक २५, काठमाडौं ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नर्सिङ्ग केयर गिभर लिने प्रकृयालाई थप चुस्त एवं गुणस्तरीय र विश्वसनीय बनाउन जापान सरकारसंग अनुरोध गरेका छन् । जापानको कृषि, वन र माछापालन मन्त्रालयका उपमहानिर्देशक तकमी नाकडाको नेतृत्वमा आएको जापानी प्रतिनिधिमण्डलले शिष्टाचार भेटका क्रममा श्रममन्त्री गोकर्ण विष्टले उक्त अनुरोध गरेका हुन् । 

जापानले पहिलो चरणमा नेपालबाट नर्सिङ्ग केयर गिभर मा कामदार लैजाने प्रक्रिया शुरु गरिसकेको छ । नेपाल र जापान सरकारबीचको उक्त विशेष दक्ष कामदार सम्बन्धी समझदारी कार्यान्वयनको प्रकृयाले अझ तीब्र एवं व्यवस्थित रुपले अगाडि बढ्ने अपेक्षा राख्दै सोका लागि नेपाल सरकार आवश्यक सहयोग गर्न तयार रहेको भेटमा श्रममन्त्रीले बताए । 


जापानका महामहिम राजदूत मसमिची सैगो समेत सहभागी रहेको उक्त भेटघाटमा  मन्त्री विष्टले जापान सरकारबाट श्रम तथा रोजगार क्षेत्र लगायतका विविध क्षेत्रमा भएको सहयोगका लागि धन्यवाद व्यक्त दिएका छन् । यसका साथै नेपाल सरकार र जापान सरकार बीचको श्रम समझदारीलाई अझ प्रभावकारी ढंगले अघि बढाउनुका साथै नीजि क्षेत्रहरुबीच समेत सम्बन्ध स्थापित गर्ने सम्भावनाको बारेमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । 

नेपालमा कृषिमा आवद्ध जनशक्ति धेरै रहेको उल्लेख गर्दै नेपालबाट कृषि सम्बन्धी सीपयुक्त जनशक्तिको आपूर्तिबाट जापान थप लाभान्वित हुन सक्ने मन्त्रि विष्टले बताए । यस सन्दर्भमा नेपाल र जापान सरकारबीच सम्पन्न भएको विशेष दक्ष कामदार  सम्बन्धी समझदारी अनुसार तोकिएका विभिन्न १४ क्षेत्र मध्ये कृषि क्षेत्रमा जापानलाई चाहिने कामदारको सम्बन्धमा भाषा र सीप परीक्षा छिट्टै सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ । 

उक्त भेटघाटमा जापानी प्रतिनिधिमण्डलका टोली प्रमुख नकाडाले नेपालबाट कृषि, मत्स्य एवं फुड सर्भिस सम्बन्धित क्षेत्रमा नेपाली कामदारहरु लैजान इच्छुक रहेको बताउनुका साथै नेपाली कामदारलाई आवश्यक सीप तालिम प्रदान गर्न जाइका मार्फत सहकार्य गर्न सकिने बताए ।

भेटघाटमा जापानका राजदूतले नेपालबाट जापानमा कृषि कामदार लैजान यस टोलीले अध्ययन अनुसन्धान समेत गर्ने बताउँदै नेपाल र जापान बीच भएको श्रम समझदारी अनुसार क्रमिकरुपमा कामदारको सीप परीक्षण गरी थप कामदार लैजाने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त