2026-09-04 06:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्रीबाट गोकर्ण विष्ट हट्दा म्यानपावर व्यवसायीलाई दशैं, श्रमिकलाई आँशु !

मंसिर ५,  काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टलाई पदबाट हटाएका छन् । विष्टलाई पदबाट हटाइएपछि सामाजिक संजालमा उनको बारे सकारात्मक र नकारात्मक दुवै चर्चा परिचर्चा शुरु हुन थालेको छ  ।

विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको नयाँ जिम्मेवारी दिइएको छ । २०७४ चैत्र २ गते श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रममन्त्री विष्टले २१ महिना श्रम मन्त्रालयमा नै बिताए । यस अवधिमा श्रम क्षेत्रमा देखिने केहि राम्रा काम गरेर ऊनी बाहिरिएका छन् । ओझेलमा परेको श्रम क्षेत्रलाई मुलधारमा ल्याउन उनले केहि प्रयास गरे, जसले गर्दा आजपनि उनलाई प्रशंशा गर्नेहरु निकै रहेका छन् साथमा उनको विरुद्धमा लाग्नेहरुको सुची पनि लामै रहेको छ । उनको कार्यकालमा आन्तरिक रोजगारी र बैदेशिक रोजगारीलाई सुधार गर्न नीतिगत तथा कानुनी सुधारसंगै व्यवस्थापकीय सुधार भएका नभएका होइनन् । 

आफ्नो कार्यकालमा गरेका कामलाई लिएर म्यानपावर व्यवसायीले खुसियाली मनाएका छन् श्रमिक वर्गले सुधारको आशा समाप्त भएको जनाएका छन् । अरुलाई सिसाको घरमा बसेर धेरै नबोल्नुस भन्नेहरूको घरपनि सिसाकै हुँदो रहेछ कठै भन्दै एक म्यानपावर व्यवसायीले सामाजिक संजालमा लेखेकी छिन् । 

तर कतिपय म्यानपावर व्यवसायीले राम्रै नजरले पने हेर्ने गरेका छन्  । एक व्यवसायीले सामाजिक संजालमा लेखेका छन् ‘श्रम मन्त्री बिष्ट असल नियतका थिए । श्रममा नीतिगत रुपमा असल निर्णय भएका थिए, श्रमिकका पक्षमा भएका थिए । त्यसलाई म्यानपावर ब्यवसायीले मन पराएनन् र संघमा बहुमत हुँदाहुँदै पनि चुनाबमा आफ्नै पार्टीका उम्मेद्वारलाई हराए । अन्तत मन्त्री आफैँ साईड लागे । दलालहरुको शक्ति अदम्य छ ।’ 

‘असल र इमान्दारहरुलाई जहाँ पनि धेरै टिक्न दिइदैन यो नेपाली विशेषता नै हो दु:खद कुरा’ भन्दै समर्पण भट्टराईले लेखेका छन् । गोकर्ण विष्टले नेपाली जनताको लागि केही सकारात्मक राम्रो काम गरेका थिए बेग श्रेष्ठले लेखेका छन् ‘दलाल माफियाहरुलाई ठगीमा सहजताको लागि गोकर्ण बिस्टलाई हटाइ छाडे । जनताको लागि केही राम्रो काम गरेको देख्ने नसहने राजनीतिक नेतृत्वको चाल देखियो।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल