२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

श्रममन्त्री यादवद्वारा वैदेशिक रोजगारीका बेथिति समाप्त पार्ने उदघोष, होला त कार्यान्वयन ?

५ मंसिर २०७६, बिहीबार ११:४१

मंसिर ५, काठमाडौं ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारीका बेथिति-विकृतिहरू समाप्त पार्ने उदघोष गरेका छन् । बिहीबार श्रम मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री यादवले वैदेशिक रोजगारीमा देखिएका समस्या समाधान गर्दै आन्तरिक रोजगारीलाई प्राथमिकता दिने बताए ।


विदेश जाने कामदारलाई दक्ष बनेर पठाउन सरकारले काम गर्ने उनले बताए । वैदेशिक रोजगारीको सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार अनियमितता हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

वैदेशिक रोजगारीलाई व्यवस्थित नभए समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना गर्न सकिंदैन मन्त्री यादवले भने, ‘कानुनी र व्यवहारिक रूपमा जहाँ जे सुधार गर्नु पर्ने छ त्यसलाई गरिन्छ। सरकार हामीसँग छ, हामी ढुक्क छौं भन्ने वातावरण निर्माण गर्छौं। त्रुटि सच्याउँछौं’।

धेरै युवालाई विदेश पठाएर सफल श्रममन्त्री बन्ने सोच नभएको र बाहिर बसेकालाई पनि देशमै ल्याएर रोजगारी दिने वातावरण बनाउने उनले बताए। ‘भर्खर आज आउँदै छु, मेरो प्रतिवद्धता त्यो हो-सकभर बाहिर जानु नपरोस् जानेहरू पनि गर्वका साथ जान पाउन्’, मन्त्री यादवले भने, ‘जुन सुकै मुल्य चुकाउन तयार छु, मन्त्रालयका साथीहरूसँग छलफल गरेर अगाडि बढ्छु।’

मन्त्री यादवले सामाजिक सुरक्षा योजना कार्यान्वयन सम्बन्धि नीतिमा परिमार्जन गर्न कानुन मन्त्रालयसँग राय माग्ने पहिलो निर्णय गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार गोकर्ण विष्टलाई श्रममन्त्रीबाट हटाएर रामेश्वर राय यादवलाई श्रममन्त्रीको जिम्मेवारी दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य