२०८२, २४ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीमाथि प्रश्न: ‘कसरी खानेपानी मन्त्रीभन्दा अयोग्य भए विष्ट ?’

२०७६, ५ मंसिर बिहीबार १३:३२

मङ्सिर ५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रीहरुको मन्त्रालय हेरफेर तथा नयाँ बहाली गरेको बिषयमा बिभिन्न टिकाटिप्पणीहरु भएका छन् । ओलीले केहि मन्त्रीहरुलाई पदबाट हटाएर नयाँ मन्त्रीलाई बिहिबार सपथ समेत गराईसकेका छन् । 

मन्त्री हेरफेरको बिषयलाई लिएर राजनीतिक रुपमा केहिले नेकपा भीत्रको गुट मिलाएको आरोप लगाएका छन् भने केहिले आफ्नो कार्यकालमा राम्रो काम गरेका मन्त्रीको समेत पद खोसिएको भन्दै आलोचना गरेका छन् । त्यसरी आलोचनाको कारण बनेका छन् निवर्तमान श्रममन्त्री गोकर्ण विष्ट । विष्टले आफ्नो कार्यकालमा राम्रो काम गरेको भन्दै सामाजिक संजालमा प्रधानमन्त्री विरुद्ध आलोचनाका भावहरु व्यक्त गरिएका छन् । सामाजिक संजालमा राम्रो काम गरिरहेका मन्त्री र उनले श्रमिकमाथि गर्दै गरेको सकारात्मक काममाथि अन्याय भएको भन्दै टिप्पणी गरिएको छ । 'नेपालमा राम्रो काम गर्नेलाई यस्तै गरिन्छ' भन्दै टिप्पणी गरिएका छन् । 

सामाजिक संजालमा सरकारमा मन्त्रीहरुको हेरफेर नाताबाद र कृपावादमा टेकेर गरिएको भन्दै 'गोकर्ण विष्ट भन्दा खानेपानी मन्त्री कसरी योग्य ?' भन्ने प्रश्न गर्दै दुवैजनाको कामको तुलना गरेर हेर्न चुनौती दिईएको छ । मन्त्री विष्टलाई हटाएकोमा चित्त नबुझेको भन्दै अर्का एक जनाले लेखेका छन् 'विष्टलाई नेकपाको गुटबन्दीको सिकार बनाइयो, यो भन्दा बिडम्बना अरु के हुन सक्छ ? बर्तमान सरकारले खानेपानी मन्त्री र श्रममन्त्रीको काम सार्बजनिक गर्ने दम छ ? छ भने सार्बजनिक गरियोस् ।' विष्टको समर्थनमा त्यस्ता कयौं टिप्पणी तथा स्टाटसहरु सामाजिक संजालमा छरिएका छन् । 


यसैबीच निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवि वर्गको पक्षमा लडिरहने प्रण गर्दै ट्याक्सी चढेर घर गएका छन् । मन्त्री पदबाट बाहिरिएपछि मन्त्रालयमा आज आयोजित बिदाइ कार्यक्रममा विष्टले सरकार बदलिने, मन्त्रिमण्डल फेरबदल स्वभाविक प्रक्रिया भएको भन्दै आफू देश र जनताको पक्षमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् । आफ्नो भनाई राख्ने क्रममा मन्त्री विष्टले जनताको पक्षमा काम गर्दा निकै ठूलो चुनौतिको सामाना गर्नुपर्छ भन्नेमा आफू पहिल्यै जानकार रहेको जिकिर गरे ।  उनले भने 'वैदेशिक रोजगारी सुधारका साथै जनताको पक्षमा काम गर्दा ठूलो अप्ठ्यारोमा पारियो ।' विष्टलाई पदबाट निकालेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भईरहेको अवस्थामा विष्टके भने ओलीलाई धन्यवाद दिएका छन् । उनले भने 'म थप ऊर्जा र प्रेरणाका साथ मन्त्रीबाट बाहिरिएको छु, मन्त्रीका रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीप्रति कृतज्ञ छु ।' 


आफ्नो पद छाड्दै गर्दा विष्टले घुमाउरो पारामा नवनियुक्त मन्त्रीलाई आफ्नो जिम्मेवारीमा ध्यानाकर्षण गराउन खोजेका छन् । उनले नवनियुक्त मन्त्री रामेश्वर राय यादवलाई इंगित गर्दै 'वैदेशिक रोजगारीसम्बन्धी ठगी रोकेर न्याय दिन, यस क्षेत्रमा रहेको विकृति विसङ्गति नियन्त्रण गर्न सफल हुने विश्वास गर्दछु' भन्दै शुभकामना दिएका छन् ।

केहि आलोचना पनि

२१ महिनामा काम गर्दै गर्दा थुप्रै सुधारका संकेत देखिएपनि विष्ट आलोचित पनि भएका छन् । फ्री भिषा/टिकट कार्यान्वयनमा उनले कुनै काम गर्न नसकेको भन्दै आलोचना भईरहेका छन् । बैदेशिक रोजगार क्षेत्रका एक हिस्सेदार व्यवसायीका जायज माग सम्बोधन गर्नका लागी जुन मात्रामा समुहगत छलफल र बहस हुनुपर्त्यो त्यो हुन नसकेको भन्दै बैदेशिक रोजगार व्यवसायीहरुले  उनको आलोचना गरेका छन् । म्यानपावर व्यवसायमा संलग्नहरुले 'जिरो कष्ट' नमाने पनि एक महिनाको तलब लिन पाउनुपर्ने  भन्दै माग राखेका थिए । जुन बिषय हालको बेथितिको अशुली भन्दा सकारात्मक रहेपनि म्यानपावर व्यवसायीको माग बमोजिम विदेश जाने कामदारले न एक महिनाको तलब मात्र सेवाशुल्क वापत तिरेर उड्ने मौका पाए न त अघिल्लो नीति अनुसार १० हजारमै उड्ने वातावरण बन्यो । मन्त्री विष्टले आफू मन्त्री बन्ने बित्तिकै गर्नुपर्ने पहिलो काम नै बैदेशिक रोजगारीमा कामदारले तिर्ने लागतको बिषय भएपनि उनले त्यता ध्यान दिन नसकेको भन्दै आलोचना गर्नेहरु पनि छन् । 

म्यानपावर व्यवसायीहरुले सरकारले आफ्नो कुरा पनि सुनेर व्यवहार गर्दा नीतिगत बिषयहरु कार्यान्वयनमा लैजान सहज हुने परिस्थितिमा एकतर्फी रुपमा सरकारी निर्णय गर्दा कार्यन्वयनमा समस्या आएको बताइरहेका छन् । श्रम मन्त्रालय र म्यानपावर तथा समग्र उद्योगि/व्यवसायीहरुको दुरी बढ्नुलाई पनि आलोचनाको कारण बनाइएको छ । नेपालमा संचालित व्यवसाय तथा उद्योग कलकारखानाको उत्पादन स्थितिलाई नहेरी लोकप्रियता कमाउने दाउमा ठूला-ठुला निर्णय भएको भन्दै आलोचना गर्नेहरु पनि छन् । कामदारको हितमा काम गर्न खोजेपनि कामदारलाई जागिर दिने संस्था/कम्पनीको आर्थिक आयको स्थितिलाई वेवास्था गरेको बिषय पनि उठिरहेका छन् । उता मलेसिया रोजगारी १५ महिनासम्म रोकेको भन्दै म्यानपावर व्यवसायी र आफ्नै पार्टीभित्र पनि उनको आलोचना भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनसँग ४९ हजार ६१४ मतले ओली पराजित झापा-५ मा ओली र बालेनबीच ४८ हजार मतान्तर झापा–३ बाट राजेन्द्र लिङदेनलाई हराउँदै रास्वपाका पाठक निर्वाचित ७१ स्थानको अन्तिम मतपरिणाम: रास्वपाको ५६ सिट झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा राप्रपाको पहिलो जित, जुम्लामा ज्ञानेन्द्र शाही विजयी सुनसरी–१ मा ४ हजार मतले अघि बढे हर्कराज साम्पाङ अहिलेको निर्वाचन परिणामले देशमा समस्या निम्त्याउन सक्ने: पृथ्वीसुब्बा गुरुङ नुवाकोट- २ मा रास्वपाका अचुतम लामिछाने विजयी गोरखा १ मा रास्वपाका सुधन गुरूङको सुरुवाती अग्रता ५० स्थानको अन्तिम मतपरिणाम आउँदा रास्वपालाई ३९ सिट, ८० स्थानमा अगाडि झापा ५ मा बालेन शाह ३८ हजार ६५ मतले अग्रता समानुपातिकतर्फ १ लाख मत कटाउने पहिलो दल रास्वपा फरक मत राख्नेहरुलाई पनि सम्मान गछौं, कसैलाई पनि खेद्ने काम गर्दैनौं: रवि लामिछाने रौतहट-४ मा ३५४ मत पाएर ऋषि धमला छैटौँ स्थानमा ४१ स्थानको अन्तिम मतपरिणाम सार्वजनिक झापा ५ मा बालेन शाहले केपी ओलीलाई ३१ हजारभन्दा बढी मतले पछि पारे धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता चार निर्वाचन क्षेत्रमा अझै मतगणना सुरु हुन सकेन समानुपातिकतर्फ पनि रास्वपाको बढी मत प्राप्त