पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ। नदीमा पानीको बहाव पनि घट्दै गएकाले  जल यातायात स्टीमर सुचारु भएको हो ।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ। नदीमा पानीको बहाव पनि घट्दै गएकाले  जल यातायात स्टीमर सुचारु भएको हो ।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सा"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कालीगण्डकीमा जलयातायात (स्टीमर) संचालन

९ मंसिर २०७६, सोमबार ०१:५७

पर्वत । कालीगण्डकी जलाशयमा वर्षाका कारण अबरुद्ध बनेको जल यातायात (स्टीमर सेवा) सुचारु भएको छ। नदीमा पानीको बहाव पनि घट्दै गएकाले  जल यातायात स्टीमर सुचारु भएको हो ।

वर्षाका कारण नदीमा बहाब बढेपछि दुर्घटना निम्तिने खतराले असारको पहिलो सातादेखि ठप्प पारिएको स्टिमर सेवा पानीको बहाब कम भएसँगै पुन संचालनमा आएको हो । अहिले नियमित ११ वटा स्टिमरबाट यस क्षेत्रका बासिन्दाहरू ओहोर दोहोर गर्दै आएका छन्। यातायात शुरु भएपछि यस क्षेत्रका बासिन्दाको ४ घण्टाको बाटो आधा घण्टामा छोटिएको छ, ।

जलयातायात सेवा सूचारु भएपछि पर्वत, स्याङजा र गुल्मी जिल्लाका ग्रामीण क्षेत्रका बासिन्दाहरू यातायातको सुविधाबाट लाभान्वित बनेका छन्। खासगरी चाडवाड मनाउन गाउँ आएका फर्किनलाई बढी सहज भएको छ ।

विगत १७ वर्षदेखि व्यावसायिक रूपमा स्टिमर सञ्चालन भएपछि दर्जनौ गाविसका बासिन्दाले ९ महिनासम्म यातायातको प्रत्यक्ष सुविधा उपभोग गर्दै आएका छन्। वर्षातको समयमा भने दुर्घटना बढ्ने खतराका कारण ३ महिना अवरुद्ध हुने गरेको छ। 

दक्षिण पर्वतको बिहादी गाउँपालिका–६ शालिग्राम गाविसदेखि स्याङ्जाको मिर्मिसम्म करिब सात किलोमिटरको दूरीमा जलयातायात सञ्चालनमा आएपछि पर्वतका दक्षिणबर्ती साविकका झण्डै डेढ दर्जन गाविसबासी तथा गुल्मी, स्याङ्जा र दक्षिण बागलुङका केही गाविस गरी साविकका ३० भन्दा बढि गाविसबासीलाई सहज रूपमा यात्रा गर्ने तथा मालसामान ओसारपसार गर्दै आएका छन्। यातयातको पहुँच नभएको तीनवटै जिल्लाका त्यस क्षेत्रका लागि स्टीमर सेवा बरदान साबित भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै