२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्थानीय गाई संरक्षणको लागि गौ महोत्सव

९ मंसिर २०७६, सोमबार ०२:२५

पर्वत ।  लोप हुँदै गएको स्थानीय जातका गाईको संरक्षण गर्न मुलुकमा नै पहिलो पटक पर्वतमा गौ महोत्सबको तयारी तीब्र भएको छ । गौ महोत्सब पर्वतको जलजला गाउँपालिकाको धाइरिङ्गमा आयोजना गरिने भएको हो ।

महायज्ञ मुल आयोजक समितिले पर्वतको कुस्मामा बुधबार पत्रकार सम्मेलन गरेर नेपालमै पहिलो पटक आयोजना गरिने गौमहोत्सवका लागि आयोजक सदस्य बनाउने, दाताहरुको नामावली संकलन गर्ने तथा आवश्यक पूर्वाधार निर्माण गर्ने काम तीब्र पारिएको जनाएको छ । गण्डकी गोपाल गौशाला धाइरिङ्गको आयोजनामा आगामी मंसिर १९ देखि २६ गते सम्म महोत्सब आयोजना गरिने भएको हो ।

जलजलागाउँपालिका –७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षणसंगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष राजुप्रसाद आचार्यले जानकारी दिनुभयो । धार्मिक र पर्यावरणीय रुपमा समेत गाईको महत्व ठूलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको बताउनुभयो ।

‘एक हजार स्थानीय जातका गाईपालन गर्न सक्ने पुर्वाधार बनाउन र त्यसका लागि आवश्यक रकम जुटाउन महायज्ञ आयोजना गरिएको उहाँले बताउनुभयो । महोत्सब मुल आयोजक समितिका सचिब जगन्नाथ आचार्यका अनुसार अहिले सम्म १ हजार जनालाई आयोजक सदस्य बनाइने छ । महायज्ञमा २ लाख ५ हजार ५ सय ५५ भन्दामाथि दान गर्नेलाई धार्मिक तथा पर्यटकीय गन्तब्य कालञ्जर पर्वत र आसपासका धार्मिकस्थलको अवलोकन गर्ने योजना अघि सारिएको छ ।

यस अघि मुलुकभर आयोजना गरिएका महायज्ञ तथा महोत्सवमा दान गर्नेलाई हेलिकप्टरमा सयर गराउने परम्परा थिएन । दाताको सम्मानका लागि नयाँ काम सोचेका भन्दै महासचिब आचार्यले कम्तीाम २ सय जनाले २ लाख भन्दा बढी दान गर्ने दाता बनाउने लक्ष्य भएका बताउनुभयो । आयोजकले थोरै रकम खर्च गरेर जीवनभरको चाहना पूरा गराउन किन पछि पर्ने भनेर नयाँ योजना अघि सारिएको उहाँले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । गौशालाको क्षमता विस्तार गरी लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने र महायज्ञमा करिब ५ करोड बढी आर्थिक संकलन गर्ने लक्ष्य लिईएको आयोजक समितिका बरिष्ठ उपाध्यक्ष डण्डपाणी आचार्यले बताउनुभयो ।

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधारस्थानीय गाई संरक्षणको लागि गौ महोत्सव

सरकारले सन २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा घोषणा गरेको सन्दर्भमा कालञ्जर क्षेत्रको प्रचार प्रसार र पूर्वाधार विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउने गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ । मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेको छ ।

गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएको छ । परम्परागत समाजमा गाईपालन बृहत रुपमा हुँदै आएपनि पछिल्लो समय भने विस्तारै हराउँदै जान थालेको छ ।

 विकासमा सरोकारवालाको ध्यानकर्षण गराउने र धार्मिक पर्यटक भित्र्याउने गौमहोत्सव सहयोगी हुने आयोजकले जनाएको छ । कालञ्जर पर्वतलाई पवित्र तपोभूमिको रुपमा पुराणहरुमा समेत व्याख्या गरिएको छ । मानव सभ्यतासँग जोडिएको गाईको दूध, दहि, घ्यु पोषिलो हुने मान्यता रहेको छ ।

गहुँतको प्रयोगबाट १४८ किसिमका रोग निदान हुने रसियन शोधकर्ताहरुको अनुसन्धानबाट पुष्टि भएको छ । परम्परागत समाजमा गाईपालन बृहत रुपमा हुँदै आएपनि पछिल्लो समय भने विस्तारै हराउँदै जान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान