2026-06-20 09:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्यानपावरलाई थप कडाई गर्दै विभाग, अन्तर्वार्ता उत्तीर्ण नभएका व्यक्तिले श्रम स्वीकृति नपाउने

मंसिर १०, काठमाडौं । बैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीबाट हुने कामदार छनौट प्रक्रियालाई थप व्यवस्थित गर्ने भएको छ ।  म्यानपावर व्यवसायीहरुले पूर्व स्वीकृति लिई कामदार छनौट प्रकृयामा चलखेल गर्ने क्रम नरोकिएकोले नयाँ व्यवस्था गर्न लागिएको विभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिए ।

 एउटा म्यानपावर व्यबसायीले अन्तर्वार्ता लिने र अर्कोले श्रम स्वीकृति निकालिदिने छनौट प्रकृयामा समावेशै नभएकाहरुको पनि श्रम स्वीकृति निकाल्ने वा एउटा व्यवसायीले श्रम छनौट गरी अर्कोले श्रम स्वीकृति निकाल्ने प्रवृत्ति देखिएको छ, महानिर्देशक भुसालले भने 'कामदार ठगिने वा उजुरीमा कारवाही प्रकृयामा समेत कठिनाई आउने अवस्थाको अन्त्य गर्न अन्तर्वार्ताको मिति, अन्तर्वार्ता वा छनौट प्रकृयाबाट उत्तीर्ण भएका कामदारहरुको विवरण अनिवार्य रुपले विभागको वेभसाइटमा राख्नुपर्ने व्यवस्था लागू गर्दैछौं । 

अन्तिम श्रम स्वीकृति दिंदा अन्तर्वार्ता उत्तीर्ण नगरेको व्यक्तिको श्रम स्वीकृति नआउने व्यवस्था गर्न लागेका छौं,  उनले भने 'त्यसका लागि तयार गरिएको मोड्यूल छिटै कार्यान्वयनमा आउनेछ।' 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ