२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोर्चुगलको सडकमा नेपाली सुत्ने गरेको समाचारको एनआरएनद्वारा खण्डन

१२ मंसिर २०७६, बिहीबार ०८:०४

मङ्सिर १२, काठमाडौँ । 'पोर्चुगलमा सडकमै सुत्छन् नेपाली' शीर्षकमा प्रकाशित समाचारको गैरआवासीय नेपाली संघ पोर्चुगलले खण्डन गरेको छ । राष्ट्रिय समाचार समितिले ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ शीर्षकमा समाचार लेखेपछि नेपाली मिडियाहरुमा उक्त समाचार प्रकाशित तथा प्रशारण भएका थिए ।

गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष तिलक गैरेले राष्ट्रिय समाचार समितिले प्रकाशित गरेको उक्त समाचारको खण्डन गरेका छन् भने पोर्चुगलमै केन्द्रित रहेर पत्रकारिता गरिरहेका ७ जनाले गैरेको भनाइकै खण्डन गरेका छन् ।


गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको ध्यानाकर्षण नोट जारी गर्दै गैरेले राष्ट्रिय समाचार समितिको उक्त समाचारप्रति एनआरएनए पोर्चुगलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘दुईचार जना दुव्र्यसनको शिकार भएका युवाहरु, परिवार एवं समाजको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरंजित गरी राससजस्तो विश्वसनीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु खेदजनक कार्य भएको हाम्रो ठहर छ,’ गैरेले भनेका छन् ।

गैरेको भनाइमा असहमत हुँदै बुधबार संचारकर्मीहरु योगेन्द्र मिलन छन्त्याल, राजकुमार थापा, सुरेश जोशी, हरिकृष्ण पन्थी, कलश खरेल, भगवान गिरी र पेम्बागेलु शेर्पाले संयुक्त विज्ञप्ति जारी गर्दै गैर आवासीय नेपाली संघ समन्वय परिषद पोर्चुगलका अध्यक्ष तिलक गैरेले हतारोमा विज्ञप्ति निकालेकोमा आफूहरुको ध्यानाकर्षण भएको जनाएका छन् । ‘एनआरएनएका कुनै पनि पदाधिकारीसँग परामर्श र छलफल नै नगरी गैरेले निकालेको विज्ञप्तिमा सडकमा नेपाली बास बस्ने गरेको कुरा पनि स्वीकार गरेका छन्,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘पोर्चुगलमा केही नेपाली आजभोलि पनि सडकमा बास बसिरहेका र उनीहरुको अवस्था नाजुक रहेको समाचारका सम्बन्धमा गैरेले विज्ञप्ति जारी गर्न उपयुक्त थिएन ।’


पोर्चुगलमा केही समयदेखि बढ्दै गएको कुलत, कुसंगतले युवाहरुमा यसका नकारात्मक भाव परेको यथार्थ रहेको भन्दै उनीहरुले भनेका छन्, ‘कतिपय यस्तै कुलत र डिप्रेसन समेतले घरपरिवार र जिम्मेवारीबाट विचलित भइ सडकमै बस्ने, सडकमै खाने गरेको सत्यता सबैले देखेकै कुरा हो ।’

पोर्चुगलमा सडकमै सुत्छन् नेपाली, किन सुत्छन् सडकमा ?

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य