२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा बाम गठबन्धनका शाही विजयी

२०७६, १६ मंसिर सोमबार ०२:३०

मङ्सिर १६, बलेवा । बागलुङ क्षेत्र नं २ (ख) प्रदेशसभा सदस्यमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही निर्वाचित हुनुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समर्थनमा शाहीले नेपाली काँग्रेसका जीत शेरचनलाई दुई हजार ९७ मतान्तरले पराजित गर्नुभएको हो । 

शाहीले ११ हजार २३५ मत ल्याउँदा शेरचनले नौ हजार १३८ मत ल्याउनुभयो । बागलुङ क्षेत्र नं २ (ख) बाट दुई जना स्वतन्त्रसहित १० उम्मेदवार चुनावी मैदानमा थिए । तेस्रो हुनुभएका समाजवादी पार्टीका अशोककुमार विकले ३१६ मत प्राप्त गर्नुभयो । 

त्यस्तै स्वतन्त्र उम्मेदवार शेरमान घर्तीले ९५, मङ्गोल नेशनल अर्गनाइजेशनका मित्रबहादुर मगरले ४५, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीले २८, राप्रपा(संयुक्त)का निमबहादुर भण्डारीले ३७, सङ्घीय राष्ट्रिय लोकतान्त्रिक मञ्चका अनिलकुमार राईले आठ, राष्ट्रिय जनमुक्ति पार्टीका यामबहादुर आलेले ३३ र राप्रपाका गणेशबहादुर कुँवरले ३६ मत प्राप्त गर्नुभएको छ । 

विसं २०७४ मा भएको आमनिर्वाचनमा तत्कालीन नेकपा(एमाले) र माओवादी केन्द्रको समर्थनमा राष्ट्रिय जनमोर्चाबाट प्रदेशसभा सदस्य हुनुभएका टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएपछि खाली भएको बागलुङ क्षेत्र नं २ (ख) ले सोही पार्टीबाट प्रदेशसभा सदस्य पाएको छ । 

पैँतीस हजार १८४ मतदाता रहेको सो क्षेत्रमा २१ हजार ४०० मत खसेको थियो । सोमध्ये ४२५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बागलुङकै बडिगाड गाउँपालिका–२मा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा नेकपाका ढालेन्द्र शेरचन विजयी हुनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा