2026-09-14 02:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवास महोत्सवको उद्घाटन मन्त्री गुरुङले गर्ने

पर्वतको फलेवास नगरपालिकामा आयोजित नगरमै पहिलो पटक बृहत १० दिने मेलाको  तयारी लगभग पुरा भएको छ । युनाटेड स्पोर्टस क्लवले मंसिर १९ गतेदखी २९ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने भएका छन् ।

फलेवास नगरपालिका–६ देविस्थानको माझीचौरमा आयोजनाको गर्न लागेको मेलाको तयारी लगभग अन्तिम चरणमा पुगेको क्लवका अध्यक्ष अच्चुतकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार रमाईलो मेलाको निर्माण पनि लगभग सकिएको छ । १ सय ५० वटा स्टल बनाईएको र सबै स्टल बुकिङ भैसकेको छ । विद्युत, खानेपानी र सुरक्षाको व्यवस्था सबै व्यवस्थापन भईसकेको पनि जानकारी दिनुभयो ।

मेलामा २ दर्जनको हाराहारीमा सबै विद्याका राष्ट्रियस्तरका कलाकारको प्रस्तुती रहेको छ । कार्यक्रममा जनवादी गायक जिवन शर्मा, प्रजापती पराजुली, चन्द्र शर्मा, बद्री पंगेनी, पशुपति शर्मा, विमलराज क्षेत्री, बसन्त थापा, दुर्गेश थापा, ज्याती मगर, कस्तुप पन्त, कृष्ण अखेली, खेम सेन्चुरी,  तेजेश रेग्मी र सरोज साजन श्रेष्ठ लगायतका लगाकारको बेजोड प्रस्तुती रहेको छ । फलेवास नगरपालिकामा पहिलो पटक आयोजना गर्न लागेको सो मेलालाई अन्य मेला भन्दा पृथक बनाउन लागिएको आयोजकको भनाई छ ।

मेला सफल बनाउन अहिले देश देखी विदेशसम्म सहयोग उठाउन थालिएको छ ।  आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको मेला प्रचारप्रसार समितिका संयोजक तथा पत्रकार साजन परियारले जानकारी दिनुभयो ।

स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका सचिव अनुप श्रेष्ठले जानकारी दिनुभयो । मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले