2026-09-14 03:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङ दुर्घटना अपडेट: मृतकको सनाखत (नामावली सहित )

मंसिर १७, बाग्लुङ | आइतबार बिहान बाग्लुङको बडिगाडमा जिप दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको छ | मृतक १४ जनाकै सनाखत भएको छ | दुर्घटनामा चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको र एकजना बडिगाड खोलाले बगाएर वेपत्ता भएका छन् |

जिपमा जम्मा  १८ जना यात्रु रहेका थिए | घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ | कुलपूजा (देवाली)का लागि गुल्मीको इस्माबाट बागलुङको देवीस्थान जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप बडिगाड गाउँपालिका–७ घोपर्नामा दुर्घटना भएको हो | ज्यान गुमाउनेमा गुल्मी इस्मा गाउँपालिका–५ का २५ वर्षीय चालक रेशम थापा, सोहि गाउँपालिका– ५ कै २३ वर्षीया, माया थापा,५ का ४० वर्षीया वसुन्धरा कार्की रहेको प्रहरीले जनाएको छ |

त्यस्तै इस्मा–५ कै ४० वर्षीया सीता कार्की, सोही गाउँपालिकाका ४५ वर्षीय भूमि कार्की, २५ वर्षीया मिना कार्की, उमेर नखुलेका तुलसी कार्की र धनबहादुर कार्की, ४० वर्षीय छवि कार्की,नवलपरासी बर्दघाटकी झुमा कार्की, बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको मृत्यु भएको छ | त्यस्तै ठाउँ वतन नखुलेका सूचना कार्की रहेका छन् |

उक्त दुर्घटनामा नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्की दुर्घटनामा घाइते भएका छन् | ज्यान गुमाएका पाँच वर्षीया बालिका र थप एकजनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले