2026-06-20 09:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस निकट म्यानपावर व्यवसायीले बिर्सिए आफ्नै संस्थालाई, अबको नेतृत्व कसले गर्ला ?

मनोज पराजुली । मंसिर १७, काठमाडौं । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम कार्यसमितिको अस्तित्व नै संकटमा परेको छ। फोरम कार्यसमितिमा आवद्ध पदाधिकारी र सदस्यहरु नै नेपाल बैदेशिक रोजगार व्यवसायी संघको कार्यसमितिमा निर्वाचित भएपछि फोरमको कार्यसमितिको अस्तित्व नै संकटमा परेको हो । 

फोरमको नवौ साधारणसभाले हंशराज वाग्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो । गत वर्ष भएको निर्वाचनमा निकटतम प्रतिद्धन्दि नरेन्द्र ढकाललाई पराजित गर्दै वाग्ले अध्यक्षमा निर्वाचित भएका थिए । बरिष्ठ उपाध्यक्षमा सुजित श्रेष्ठ, सचिवमा पुष्पराज न्यौपाने, कोषाध्यक्षमा कमल काफ्ले निर्वाचित भएका थिए । त्यस्तै निर्विरोध निर्वाचित हुनेमा उपाध्यक्षमा किशोर कुमार केसी, महासचिवमा तारानाथ अर्याल, सह कोषाध्यक्षमा मन्सुन काजी क्षेत्री तथा सदस्यहरुमा सन्जय पनेरु, मेघनाथ भुर्तेल, हेमा गुरुङ, कृष्ण कुमार जैसी, प्रकाश बोहरा, बाबुलाल मगर (नरेन्द्र), कर्णराज कटुवाल, शिशिर विष्ट, देबकुमार गोर्खाली र शैलेश कार्की रहेका थिए । 

सर्वसम्मत नेतृत्व चयन गर्दै आएको फोरमले गतवर्ष पहिलो पटक अहिले कार्यसमिति चयनका लागि निर्वाचन गरेको थियो । फोरमको कार्यसमितिमा रहेका मध्ये अध्यक्ष वाग्लेले राजीनामा दिइसकेका छन् । फोरमको कार्यवाहक अध्यक्ष रहेका सुजित श्रेष्ठ संघको महासचिवमा निर्वाचित भएपछि सो पद समेत खाली रहेको छ। संघमा रहेका व्यक्ति फोरममा बस्न नपाउने कारण फोरमको कार्यसमिति अपूर्ण रहेको छ। 

फोरमको उपाध्यक्ष रहेका केसी संघको तृतीय उपाध्यक्षमा, फोरमको सदस्य रहेका मेघनाथ भुर्तेल संघको सचिवमा, बाबुलाल मगर (नरेन्द्र) संघको सदस्यमा नै निर्वाचित भएका थिए भने तुलसी पुरीलाई संघको सदस्यमा मनोनित गरिएको थियो । कार्यसमितिको अधिकांश पद नै रिक्त भएको अवस्थामा अब नयाँ कार्यसमिति गठन हुनुपर्ने आवाज व्यवसायीहरुले उठाउंदै आएपनि हालसम्म निर्णय गर्न सकेका छैनन् । फोरमको २ वर्षे कार्यकाल सकिन ९ महिना बाँकि रहेको अवस्थामा खालि रहेका पदमा मनोनित गरेर भएपनि पूर्ण बनाउनुपर्ने माग समेत उठेको व्यवसायीले बताएका छन् । फोरमको नेतृत्वका लागि धेरै आकांक्षी रहेका कारण पनि सहमति हुन नसकेको केहि व्यवसायीले बताएका छन् । 

अध्यक्षको नै पद खाली रहेको अवस्थामा अध्यक्षको मात्र निर्वाचन गर्ने कि पुरै कार्यसमितिको निर्वाचन गर्ने भन्नेमा छलफल चलिरहेको भएपनि सहमति हुन बाँकि रहेको  फोरमका सल्लाहाकार बिमल ढकालले बताए । फोरममा आवद्ध व्यवसायीका साथै पार्टीसंग पनि सल्लाह गरेर आगामी केहि दिनमा के गर्ने भन्ने निकास निस्कन सक्ने ढकालले  बताए ।

फोरमको गतवर्ष भएको निर्वाचनको क्रममा ३६५ म्यानपावर व्यवसायी सदस्य रहेका थिए । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष सहित २१ सदस्यीय कार्यसमिति रहने फोरम कार्यसमितिमा ४ सदस्य भने निर्वाचित अध्यक्षले मनोनित गर्ने व्यवस्था रहेको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ