2026-06-20 06:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भत्ता नपाएपछि विभागका कर्मचारी म्यानपावरको अनुगमनमा जान छाडे, कामदारले १ लाख तिर्दै

मनोज पराजुली। मङ्सिर १८, काठमाडौँ | बैदेशिक रोजगार विभागका कर्मचारीले अनुगमन भत्ता नपाउने भएपछि इजाजत प्राप्त संस्थाको अनुगमनमा नै जान छाडेका छन् । बुधबार एक युवाले कतार जान म्यानपावरले चर्को शुल्क लिन लागेको बारे श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा गरेको उजुरीमा विभागले अनुगमन नै गर्न नमानेको हो ।

श्रम मन्त्रालयले म्यानपावर कम्पनीमा अनुगमन गर्नका लागि ‘अनुगमन टोली परिचालन कार्यविधि-२०७६’ बनाएको थियो । सो कार्यविधिले अनुगमनमा जाने कर्मचारीको दैनिक भत्ता तोकेको थियो तर सो कार्यविधि अर्थ मन्त्रालयको सहमति बिना नै बनाइएकोले भत्ता पाउने अवस्था नरहेको विभागका एक कर्मचारीले बताए । अनुगमन भत्ता नपाउने भएपछि कर्मचारी अनुगमनमा जानै चाहंदैनन् विभागकै एक कर्मचारी भन्छन्  'कर्मचारीले नै सक्रियता नदेखाउँदा अनुगमनमा जान सक्ने अवस्था छैन ।'

रोजगारीको लागि कतार जान लागेका एक युवाले आँफु ठगिन लागेको भन्दै सहयोग माग गरेका थिए । सो जानकारी बुधबार विभागसम्म पुगेको थियो तर विभागका कर्मचारीले अनुगमन भत्ता नपाउने भन्दै तत्काल पीडितलाई वास्ता गरेनन् । म्यानपावर कम्पनीहरुले विदेशमा कामदार पठाउन थालेको ३४ वर्षपछि सरकारले अनुगमनका लागि स्पष्ट व्यवस्था सहितको कार्यविधि ल्याएको थियो । सो कार्यविधि आएपछि अनुगमन बढ्ने अपेक्षा गरिएपनि झन् अनुगमन नै हुन छोडेपछि युवाहरुमा विभागप्रतिको विश्वास नै घट्दै गएको पाइएको छ।

कल सेन्टरले गुनासो टिप्यो वास्ता गरेन 

कतार जान म्यानपावरले १ लाख २७ हजार माग गरेको ति पीडित युवाले साझा सबाललाई यसअघी जानकारी दिएका थिए । मैले २० हजार रकम म्यानपावर कम्पनीलाई बुझाइसकेको छु, बाँकी रकम नबुझाए विदेश जान पाइंदैन, उनले भने '१० जना एकै कम्पनीमा जाने म्यानपावरले बताएको छ, आज बेलुकीको टिकट छ ।' आँफु लगायत अरु साथीहरु ठगिन लागेको बारे श्रम मन्त्रालयको कल सेन्टरमा पनि उनले कल गरेर जानकारी दिएको बताएका छन्, तर कल सेन्टरले पनि उजुरीबारे कुनै सहयोग नगर्दा ठगिन बाध्य भएँ' उनले भने। श्रम मन्त्रालयको कल सेन्टरले पीडितको कल रेकर्ड भएको स्वीकार गरेको छ ।

साझा सबाल समाचार प्रभाव: म्यानपावरमा विभागले जुनसुकै बेला अनुगमन गर्नसक्ने (कार्यविधि सहित)

म्यानपावरद्वारा अनुगमन छल्न शनिबार कारोबार, कार्यविधि नहुँदा अनुगमन गर्न सकिएन विभाग

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ