Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २३ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवास महोत्सवको तयारी पूरा, भोलि अर्थमन्त्री गुरुङले उद्घाटन गर्ने

२०७६, १८ मंसिर बुधबार १२:४२



पर्वत । प्रथम फलेवास महोत्सवको तयारी पूरा भएको छ । यहि मंसिर १९ गतेदेखि २९ गतेसम्म आयोजना गरिएको बृहत फलेवास महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।

युनाटेड स्पोर्टस क्लवले मंसिर १९ गतेदखी २९ गतेसम्म चल्ने मेलाको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने भएका छन् ।

फलेवास नगरपालिका–६ देविस्थानको माझीचौरमा आयोजनाको गर्न लागेको मेलाको तयारी पूरा भएको पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको हो । क्लबका अध्यक्षका अनुसार  १ सय ५० वटा स्टल बनाईएको र सबै स्टल बुकिङ भैसकेको छ । विद्युत, खानेपानी र सुरक्षाको व्यवस्था सबै व्यवस्थापन भईसकेको छ उनले भने ।

मेलामा २ दर्जनको हाराहारीमा सबै विद्याका राष्ट्रियस्तरका कलाकारको प्रस्तुती रहेको छ । कार्यक्रममा जनवादी गायक जिवन शर्मा, प्रजापती पराजुली, चन्द्र शर्मा, बद्री पंगेनी, पशुपति शर्मा, विमलराज क्षेत्री, बसन्त थापा, दुर्गेश थापा, ज्याती मगर, कस्तुप पन्त, कृष्ण अखेली, खेम सेन्चुरी,  तेजेश रेग्मी र सरोज साजन श्रेष्ठ लगायतका लगाकारको बेजोड प्रस्तुती रहेको छ । फलेवास नगरपालिकामा पहिलो पटक आयोजना गर्न लागेको सो मेलालाई अन्य मेला भन्दा पृथक बनाउन लागिएको आयोजकको भनाई छ ।


मेला सफल बनाउन अहिले देश देखी विदेशसम्म सहयोग उठाउन थालिएको छ ।  आयोजकका अनुसार मेलाबाट ३९ लाख रुपैयाँ आम्दानी हुने र ३८ लाख १५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । मेलामा एक लाख रुपैयाँ प्रथम पुरस्कार रहेको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला भजन प्रतियोगिता, २० हजार प्रथम पुरस्कार रहेको खुल्ला रत्यौली गीत प्रतियोगिता, १५ हजार प्रथम पुरस्कार रहेको खुल्ला फलेवास डान्स आइडोल लगायतका प्रतियोगिताहरु पनि राखिएको मेला प्रचारप्रसार समितिका संयोजक तथा पत्रकार साजन परियारले जानकारी दिए ।

स्थानीय कला र बस्तुको पहिचान तथा प्रदर्शनीका लागि मेलाले महत्वपूर्ण योगदान दिन तथा नगरपालिकाका ११ ओटै वडाहरु सहित पर्वत र छिमेकी जिल्ला बागलुङमा रहेको कला, उत्पादन र संस्कृतिलाई मेलामा देखाउन लागिएको क्लवका सचिव अनुप श्रेष्ठले बताए । मेलामा कृषि उत्पादनको प्रदर्शनी, झाँकी प्रदर्शनी, जनजातिका मौलिक गीत तथा नाच, स्थानीय उत्पादन, रमाइलो मेला, बाल उद्यान, स्थानीय तथा राष्ट्रिय कलाकारहरुका सांगितिक तथा हास्य प्रस्तुतीहरु रहने श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ