२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रसुवा ओभरसिजमा विभागको छापा, युएईको लागि एक लाख ८५ हजार बुझ्दै गर्दा रङ्गेहात समातिए

२०७६, २२ मंसिर आईतवार १४:३६

मनोज पराजुली। मङ्सिर २२, काठमाडौं । बैदेशिक रोजगार विभागले काठमाडौं  सिनामङ्गलस्थित रसुवा ओभरसिजमा छापा मारेको छ । संयुक्त अरब इमिरेट्समा (युएई) जान लागेका दुई जना कामदारसँग एक लाख पचासी हजार वुझिसकेको अवस्थामा रङ्गेहात फेलापारी नगद रकम वरामद गरिएको विभागका महानिर्देशक डा. भिष्म कुमार भुसालले जानकारी दिए ।


 वैदेशिक रोजगारमा जाने कामदारसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजारका दरले रकम माग गरिरहेको भन्ने उजुरी एवम सूचनाको आधारमा विभागको टोलीले आइतवार सो म्यानपावरमा छापा मारेको भुसालले बताए । दुवईको टमाज इम्प्लोइमेन्ट सर्भिसमा विल्डिङ लेवरको पदमा मासिक ८ सय दिराम तलव पाउने कामको लागि आफूहरुसँग प्रति व्यक्ति रु एक लाख पच्चीस हजार माग गरिरहेको भनी सुरेन्द राना मगर ,वालकृष्ण गरञ्जा मगर, समिर गरञ्जा मगर,सन्त वहादुर गरञ्जा मगर र योग वहादुर गरुम्छानले विभागमा तोकिएको सेवा शुल्कमा विदेश जान पाउँ भनी उजुरी दर्ता गराएका थिए । सोहि उजुरी प्राप्त भएपछि विभागले आकस्मिक अनुगमन टोली खटाएको भुसालले बताए ।

विभागको टोली म्यानपावर कार्यलयमा पुग्दा रकम लिनको लागि मतियारको रुपमा खटाएका जित वहादुर वमजनले योग वहादुर गरुम्छानवाट रु ७० हजार र सन्त वहादुर गरञ्जा मगरवाट रु एक लाख दस हजार वुझिसकेको र वाँकी तीन जनासँग रकम वुझ्ने तरखरमा रहेको वेला छापा मारी नगद रकम सहित रङ्गेहात फेलापारेको हो । अन्य तीन जनासँग यस भन्दा अघि नै जितवहादुर वमजनले नगदै रु पैतीस हजार वुझिसकेको र वाँकी रकम वुझाउनको लागि आइतवार म्यानपावर कार्यलय वोलाएका थिए । रकम लिनको लागि जित वहादुर वमजनलाई खटाएको संचालक सुवर्ण लामाले स्वीकार गरेका छन । पाँच जनामध्ये चार जनाको श्रम स्वीकृती निक्लिसकेको अवस्थामा म्यानपावरले आफूले भनेजतिको रकम नदिएको कारण उनीहरुलाई हवाइटिकट उपलव्ध नगराएको टोलीले फेला पारेको छ ।

पाँचै जना कामदारलाई नेपाल सरकारले तोकेको सेवा शुल्कमा वैदेशिक रोजगारमा पठाउने र नगदै लिएको बढी रकम कामदारलाई फिर्ता दिने गरी संस्थालाई कागज गराईएको छ, महानिर्देशक भुसालले भने 'पाँचै जनालाई वुधवारको टिकट म्यानपावरले उपलव्ध गराएको छ, थप अनुसन्धानको लागि रकम बुझ्ने जितमान र म्यानपावर सञ्चालकलाई मंगलवार विभागमा उपस्थित हुन पत्र काटिएको छ।' युएईका लागि टिकट र  भिषा शुल्क समेत निशुल्क हुनेगरी सरकारले श्रम सम्झौता गरेको छ तर अझैपनि युवाहरुले लाखौँ रकम तिर्नुपर्ने अवस्था कायमै छ भने विभागले भने उजुरी दिएमा कसुर गर्नेलाई कारवाही गरि पीडितलाई न्याय दिंदै आएको छ । 

मलेसिया जान १ लाख २० हजार लिंदा-लिंदै समातिए एजेन्ट

साझा सबाल मिडियाद्वारा श्रमिकका १० हजार जिज्ञासा सम्बोधन

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै